Aamsanchar

सुनसरीको एक उद्योगमा आगलागीः तीन कामदार घाइते

Author Image
बुधवार, मंसिर २२, २०७३

इटहरीः

aago

सुनसरीको दुहबी ४ को एक फर्म उद्योगमा आगलागी भएको छ । मंगलबार साँझ स्थानीय हनुमन्त पपलिन उद्योगमा आगलागी भएको हो । आगलागीमा परेर उद्योगको कच्चा पदार्थ तथा निर्मित सामाग्री नष्ट भएका छन् ।

ग्याँस लिकेज भएर आगलागी भएको भनिए पनि कारण खुलेको छैन् । आगलागी नियन्त्रणमा लिन इनरुवा, इटहरी, विराटनगर गरेर चार वटा वारुणयन्त्र परिचालन गरिएको छ । सँगै सशस्त्र प्रहरी, इलाका प्रहरी दुहबी र स्थानीयवासी पनि आगो नियन्त्रणमा सक्रिय छन् ।

आगलागीमा परी तीन मजदुर घाइते भएका छन् । घाइते हुनेमा दिलिप चौधरी, राजु यादव र अमृत श्रेष्ठ छन् ।

त्यस्तै एउटा पिक अप गाडी जलेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जानकारी दिए । आगलागी भइरहँदा उद्योगभित्र रहेका २० भन्दा बढी ग्याँस सिलिण्डरसमेत पड्किएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)