Aamsanchar

कक्षामा केटीहरु बेहोश भएपछि…

Author Image
बुधवार, मंसिर २२, २०७३

बैतडीः

conversion-disorder-822-5847fc32608fd5.36267546

जिल्लाको उत्तरपूर्वी भूमिराज गाविसमा रहेको भूमिराज मावि कफलढुंग्राका छात्राहरुमा अनौठो रोग देखिएपछि पठनपाठन प्रभावित भएको छ ।

छात्राहरुमा रुने, कराउने, हातखुट्टा बाउडिने, सुन्निने र बेहोस हुने लक्षण देखिएको विद्यालयका शिक्षक बिजयराज अवस्थीले बताए । ‘गएको १० दिनदेखि कक्षा ८ देखि माथिका छात्राहरुमा रुने, कराउने, बेहोस हुने लक्षण देखिएको छ ।

अनौठो रोगका कारण पठनपाठन प्रभावित भएको छ । छात्राहरुमा देखिएको यो समस्या के हो भन्ने बारेमा थाहा हुन सकेको छैन्’ उनले भने ।

छात्राहरुमा यस्तो खालको समस्या देखिएपछि विद्यालयमा आउने छात्राहरुको संख्या कम हुँदै गएको र बुधबार दुईजना छात्रा बेहोस भएपछि उपचारका लागि धनगढी तर्फ लगिएको शिक्षक अवस्थीले बताए ।

‘लगातार छात्राहरुमा यस्तो समस्या देखिएपछि उनीहरु विद्यालय आउन मानिरहेका छैनन’ उनले भने, ‘विद्यालयका छात्राहरुमा देखिएको समस्याका बारेमा जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराउने तयारी गरेका छौं ।’

विद्यालयका छात्राहरुमा देखिएको समस्या मासहिस्टेरीया हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यस्ता लक्षण मास हिस्टेरियाका हुन सक्ने जिल्ला अस्पतालका डा. शशी कडेलले बताए ।
केही महिना अघि जिल्लाको तल्लोसोराडमा रहेको धरमघर मावि सलेना,उदयदेव मावि पिपलकोट लगायतका विद्यालयका छात्राहरुमा यस्तै समस्या देखिएको थियो ।अन्न्पूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर