Aamsanchar

सरकारको आयु अन्य पार्टीको हातमा

Author Image
सोमवार, जेठ १७, २०७३

पोखरा।

92bd81311c685429fae1555985401d82

नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारको आयु अन्य पार्टीको हातमा रहेको बताएका छन् ।

प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अन्य दलको टेकोको भरमा वर्तमान सरकार बनेकाले आयु पनि उनीहरुकै हातमा हुने बताएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग राष्ट्रिय सहमतिको सरकार गठनमा सहमति भएको तर वहुमतीय सरकारका लागि भने नभएको दाबी गरे ।

नेता नेपालले वर्तमान सरकारले ल्याएको बजेट जनतामुखी भएकाले अन्य दल झस्किनु स्वाभाविक भएको बताए । बजेट लोकप्रिय भए पनि कार्यान्वयनका पक्षमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

नेता नेपालले पार्टीभित्र विकृति र विसंगति मौलाएको स्वीकार गर्दै आन्तरिक छलफलबाटै टुंगोमा पुर्‍याइने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर