Aamsanchar

दलका नेतासँग छलफल गर्दै सभामुख घर्ती

Author Image
बिहिवार, मंसिर २३, २०७३

काठमाडौँ ।

onsarai

सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बिहीबारदेखि छलफल प्रारम्भ गर्नुहुने भएको छ ।

सो क्रममा उहाँले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुहुने उहाँका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो ।

सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ । छलफलमा सरकारले ल्याएको संविधान संशोधनपछिको उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल गर्नुहुने बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर