Aamsanchar

कांग्रेसका युवा नेता शर्माले ल्याए एमालेलाई पनि मान्य हुने ३ सुत्र !

Author Image
बिहिवार, मंसिर २३, २०७३

काठमाडौं।

bishwoprakash

नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक तिक्ततालाई अन्त्य गरेर निकास दिनका लागि तीन सुत्र अगाडि सारेका छन् ।

प्रमुख विपक्षी दल एमालेले संविधान संशोधनलाई राष्ट्रघाती भन्दै सडक र सदन आन्दोलन चर्कारहेका बेला कांग्रेस नेता शर्माले सहमतिका तीन सुत्र अगाडि सारेका हुन् ।

नेता शर्माका तीन सुत्रमा भनिएको छ, ‘पहिलोमा सहमति खोज्न संशोधन स्थगन गर्ने, दोस्रोमा नयाँ सहमतिका लागि एकसाता प्रयास गर्ने र तेस्रोमा नत्र अर्को साता निर्वाचन घोषणामा सहमति गर्ने ।’ आफूले अघि सारेका यी तीन बुँदामा सहमति हुन सक्ने उनको दाबी छ ।

नेता शर्माले मंगलबार ट्वीट गर्दै सहमतिका लागि वीचको बाटोसहितको नयाँ प्रस्ताव अगाडि सारेका हुन् ।

एमालेले पनि संशोधन प्रस्तावलाई फिर्ता वा स्थगन गर्न दबाब दिइरहेका बेला शर्माको यो प्रस्तावले सरकारलाई राहत मिल्न सक्छ । तर मधेसी मोर्चाले यो प्रस्तावमा छलफल गर्न समेत नमान्न सक्छ ।

शर्माको यो प्रस्तावमा एमाले र मधेसी मोर्चा तथा अन्य असन्तुष्ट दलहरूलाई पनि सहमत गराउन सक्ने नेताहरूको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर