Aamsanchar

आगलागीबाट एक करोडको क्षति

Author Image
शुक्रवार, मंसिर २४, २०७३

सोलुखुम्बु।

aago

सल्लेरीमा कारागार नजिकै आज अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।
करिब ४ बजे सुरु भएको आगलागी करिब दुई घन्टापछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । विराज तामाङको घरको भान्छाबाट सुरु भएको आगोले सँगै जोडिएका चन्द्रकला राई र शरण राईको घर पनि जलेर नष्ट भएको छ ।
चन्द्रकलाको घरमा रहेको मीनाक्षी होटल र विराजको घरमा रहेको एउटा किराना पसलसहित अन्य सबै धनमाल जलेर नष्ट हुँदा रु एक करोड ३७ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगो फैलन नदिन सँगै रहेको यामकुमारी राईको घर भत्काइएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर