Aamsanchar

भ्रष्टचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा झापामा विभिन्न कार्यक्रम

Author Image
शुक्रवार, मंसिर २४, २०७३

चन्द्रगढी।

unnamed

भ्रष्टचारविरुद्धको १४औं अन्तर्राष्ट्रिय दिवसको अवसर पार्दै झापामा हस्ताक्षर अभियानसहित सचेतनामुलक ¥याली निकालिएको छ ।
बागेश्वरी असल शासन क्लब (बास), झापाको आयोजना एवम् क्रिएटिभ नेप्लिज युथको सहयोगमा कार्यक्रम गरिएको बासका सदस्य गौरव पोखरेलले बताए ।

सदरमुकाम चन्द्रगढीको लेखनाथ चोकबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, शिक्षा कार्यालय, आन्तरिक राजश्व कार्यालय, जिल्ला विकास समितिको कार्यालय हुँदै पुनः लेखनाथ चोकमा पुगेर टुंगिएको थियो ।

जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले ‘भ्रष्ट्रचार अन्त्यको सुरुआत् मबाट’ लेखिएको ब्यानरमा हस्ताक्षर गरेर भ्रष्ट्रचार नगर्ने तथा कार्यालयमा हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कोणसभामा बासका उपाध्यक्ष कविराज चाम्लिङ, सहसचिव अर्जुन खरेल, सदस्य सुनिल भट्टराई, क्रिएटिभ नेप्लिज युथका अध्यक्ष रञ्जन धमला, सचिव सागर रोक्का, सदस्य विशाल, कमल श्रेष्ठ र विष्णु कोइराला, हेल्पिङ ह्याण्डसका पुजा पौडेल र आयुष राउतले मन्तव्य राखे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर