Aamsanchar

एक लाख बढीको अवैध चुरोटसहित पिकअप बरामद

Author Image
शुक्रवार, मंसिर २४, २०७३

इलाम।

download

इलामको पशुपितनगरबाट बिहिबार साँझ एक लाख बढीको चुरोटसहित पिकअप बरामद भएको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले पशुपतिनगर-४ साँझ १७३० बजे बाट बेवारिसे अवस्थामा १२ कार्टुन चुरोटसहित को १ ज १८०७ नम्बरको सेतो पिकअप बरामद गरेको हो।

बरामद चुरोटको मूल्य एक लाख बिस हजार तथा गाडीको तीन लाख पचास हजार बिगो राखि कारवाहीकालागी पशुपितनगर भन्सार कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय पशुपितनगरले जनाएको छ।
यसअघि सोही कार्यालयको टोलीले भन्सार छलेको २४ थान ज्याकेट बरामद गरी भन्सार बुझाएको थियो। बरामद ज्याकेटको मूल्य ४८ हजार रहेको सो कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर