Aamsanchar

दाङमा पहिलो पटक स्तन क्यान्सर रोगको सफल शल्याक्रिया

Author Image
शनिवार, मंसिर २५, २०७३

दाङ:

breast-cancer-584a5fb1e241c3.26887680

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो ।

अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको अस्पतालका सल्यचिकित्सक डा रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार बिरामी दुई महिनादेखि स्तन क्यान्सरबाट ग्रसित थिइन्।

सो उपचारले जिल्लाका क्यान्सर रोगी उपचारका अन्यत्र जानु पर्दैन भन्दै अस्पताल प्रशासनले रोगीको सेवाका लागि अस्पतालमा प्रयोगशाला र किमो थेरापीको आवश्यकता भएको जनाएको छ ।

सल्यचिकित्सक डा. बस्नेत, रामपुकार शाह र स्टाफ नर्ससहितको चार जनाको टोलीले सो शल्यक्रिया गरेको शल्यक्रिया पछि बिरामी थापा मगर स्वास्थ्य लाभ गरी फर्किसक्नुभएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर