Aamsanchar

ओली र अध्यक्ष दाहालबीच विपक्षीको सामना गर्ने सहमति

Author Image
सोमवार, जेठ १७, २०७३

काठमाडौँ ।681d2faecf528e7bce14980d16eed58a

सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुसपकमल दाहालबीच आज प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिनुभएको जानकारीअनुसार शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सघन रुपमा कुराकानी भएको थियो ।

सरकारले यही १५ गते नयाँ बजेट सार्वजानिक गरेको थियो । बजेट हावादारीमा आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकाले यसलाई व्यवस्थापिका–संसद्मा कडा रुपमा विरोध गर्ने जनाएको छ । सदनमा बजेटमाथिको छलफल आजदेखि सुरु हुँदैछ ।

“प्रतिपक्षीले सदनमा बजेटका विषयमा राख्ने विरोधलाई सत्ता साझेदार दुई दल मिलेर संयुक्त रुपमा सामना गर्ने विषयमा उहाँहरुबीच कुराकानी भयो”, उहाँले भन्नुभयो । बजेटमा समावेश विषय समग्रमा राम्रो भएको सत्ता साझेदार ती दुई दलको आइतबार बसेको छुट्टाछुट्टै संसदीय दलको बैठकले निष्कर्षसमेत निकालेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 327

प्रतिक्रिया (०)

सम्बन्धित खबर