Aamsanchar

वि . सं . २०७३ साल पुस ४ गते सोमबारको राशिफल हेर्नुहोस्…

Author Image
सोमवार, पौष ४, २०७३

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल पौष ४ गते सोमवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर १९ तारिक कृष्णपक्ष षष्ठी तिथि राती १०÷२६ वजेसम्म,मघा नक्षत्र साँझ ५÷५७ वजेसम्म, विष्कुम्भयोग, गरकरण, आनन्दादियोग ध्वाँक्ष, सूर्य धनु राशीमा, चन्द्रमा सिंह राशीमा ।
मेषः– अरुको काम गरेर जश कम मिल्नेछ । अन्योलता बढ्नेछ । गर्ने खोजेका कममा विभिन्न खालका समस्या आउने छन् । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ ।
वृषः– पूर्व दिन गरेका काम सफल भए पनि आज गरेका काम सरल तरिकाबाट बन्ने छैनन । व्यापार व्यवसायबाट आय आर्जन घट्ने देखिन्छ । कामको बीचमा विचार परिवर्तन नगर्नु होला ।
मिथुनः– धैर्यता पूर्वक काम गर्नु होला गरेका काम सफल हुनेछन् । निर्णय क्षमता बढ्नेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।
कर्कटः– दिन मध्यम देखिन्छ । अस्थिरता बढ्न सक्छ ,लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला । स्वतन्त्र व्यापार फलदायी देखिन्छ ।
सिंहः– समयमा सुधार आउनेछ । अवरोधको अन्त्य हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । गरेका काम पनि सफल हुनेछन् । आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।
कन्याः– समय प्रतिकुल बन्दैछ काम गर्दा विचार पु¥याउनु होला । नगरेका कामकोे अपयश आईलाग्न सक्छ । फजुल खर्च बढ्नेछ । आफन्त बनेर धोका दिन सक्छन् ।
तुलाः– ग्रह,गोचर सामान्य देखिन्छ । काम गर्न सके दाम र नाम दुर्व आर्जन गर्न सकिने छ । कुनै पनि क्षेत्रबाट आफुले सोचे जस्ता लाभ भने नहुन सक्छ । सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ ।
वृश्चिकः– भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।
धनुः– आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा लगानी बढ्न सक्छ । मानसिक चिन्ता बढ्ने छ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।
मकरः– दिन त्यति अनुकुल देखिन्न । जोखिम मोलेर कुनै पनि काम नगर्नु होला । खानपानका कारण स्वास्थ्य कमजोर हुनसक्छ । मानसिक दूर्वलता बढ्नेछ । खर्च बढ्नेछ ।
कुम्भः– समय सुधारोन्मुख छ । नयाँ कामको अवसर आउन सक्छ । जीवन साथिको सहयोग मिल्नेछ । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल होलान् । व्यापारमा क्रमिक सुधार आउने छ ।
मिनः– दिन मध्यम खालको छ,विचार पूर्वक काम गर्नु होला । शत्रु बढ्ने छन् । पठन पाठन कार्यमा आफुले सोचे जस्तो सफलता मिल्ने छैन । आत्मविश्वासका साथ काममा लाग्नु होला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)