Aamsanchar

हिन्दू धर्मशास्त्रमा उल्लेखित देवीदेवताका विभिन्न रुप म्याग्दीमा फेला

Author Image
मङ्गलवार, पौष ५, २०७३

म्याग्दी ।
hindu-religion

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरस्थित विशाल चट्टानमा हिन्दू धर्मलम्बीहरुले पूजा गर्ने शिवलिङ्ग, शालिग्राम, शंकचक्र, नागमणि देखिएका छन् ।

म्याग्दी, पुस ४ । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरस्थित विशाल चट्टानमा हिन्दू धर्मलम्बीहरुले पूजा गर्ने शिवलिङ्ग, शालिग्राम, शंकचक्र, नागमणि देखिएका छन् ।

मन्दिर परिसरको नौं रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू धर्मशास्त्रमा नामाकरण गरिएका भगवानका विविध रुप देखिएपछि संरक्षण थालिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताए ।

कोषले संरक्षणका लागि रङ लगाउनुका साथै आसपासका क्षेत्रमा खोजी थालेको छ । भक्तजनले पनि पूजा गर्न थालेका छन् । मन्दिरका पुजारीका अनुसार आकार दिन प्रतिदिन बढ्दै जान थालेको छ । त्यसक्षेत्रमा ३० भन्दा बढि यस्ता चक्र रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)