Aamsanchar

पवनलाई राजवंशी मोति पुरस्कृत

Author Image
शुक्रवार, पौष ८, २०७३

बिर्तामोड।

15285023_1076386472472009_4411531629536818507_n

राजवंशी समाज विकास समितिले स्थापना गरेको राजवंशी मोति पुरस्कारबाट प्राज्ञ सभा सदस्य पवन राजवंशी पुरस्कृत भएका छन् ।
विरटनगरमा भएको समाजको २३ औं स्थापना दिवसको अवसरमा झापा कनकाई नगरपालिका ९ घैलाडुब्बा निवासी राजवंशी पुरस्कृत भएका हुन् ।
समाजका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री भीमराज राजवंशीको सभापतित्वमा भएको कार्यक्रम विहारका पूर्व एमएलए अवध विहारी सिह राजवंशीको प्रमुख आतिथ्यमा भएको थियो ।
समाजका उपाध्यक्ष पर्शुराम सिह राजवंशीले स्वागत गरेको कार्यक्रममा समाजका झापा अध्यक्ष पुकारचन्द्र सिह राजवंशी सहित मोरङ सुनसरीका अध्यक्ष तथा पदाधिकारीले वोलेका थिए । कार्यक्रमको सञ्चालन मिस राजवंशी सपनाले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर