Aamsanchar

आजको राशीफल हेर्नुहोसः२०७३ पुस ९ गते शनिबार

Author Image
शनिवार, पौष ९, २०७३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
शरीरमा अस्वस्थता छाउनेछ,गरिरहेको काममा रोकावट आउनाले ढिला सुस्ती हुन सकछ,आज आकस्मिक समाचारले दुःखी बनाउला, समयमा उचित निर्णय लिन नस्कदा व्यापार–व्यवसायमा  घाटा व्यहोर्नु पर्नेछ, धैर्यता  कायम हुन नसक्दा काममा केहि खराबी देखिन सक्छ, आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
ब्यबसायमका लागि साझेदारीमा गरिएको काममा बिशेष लाभ मिल्नेछ,ब्यापार व्यसाय फस्टाउनेछ, बिगत लामो समय देखि रोकिएका कामहरु पुरा गरिनेछन, तपाइले गरेको परिश्रमको आज उचित मुल्यांकन हुनेछ,पैत्रिक सम्पत्तिबाट पनि प्रशस्ति लाभ मिल्ने देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते बासुदेबाय मन्त्रको स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ, व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ,मातापिताको सहयोग र आशिर्बाद मिल्नेछ, प्रतिष्ठित काम गर्ने मौका पाइनेछ  अरूलाई सजिलै प्रभावित पार्न सकिनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउनको लागि अत्यन्त उत्तम समय रहेकोछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र ९ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
गरेको काम बिग्रनाले मन खिन्न रहनेछ,आजको दिनमा लगानी र श्रमको उचित मूल्य नपाइएला, व्यक्तिगत स्वास्थ्यमा कमजोरी आउन  सक्ने देखिन्छ,अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले फाइदा नै दिलाउनेछ, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
शरीरमा आलस्यता देखिनेछ,आफ्नै कमि कमजोरीले गर्दा आज बिबादित बनिन सकिन्छ, प्रतिस्पर्धामा खासै सफलता हात पर्न नसक्ने देखिन्छ आफन्त तथा नजिकका व्यक्तिहरुबाट चनाखो रहनुहोला,स्थान परिवर्तनको सम्भाबना पनि देखिन्छआजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
नया कामको थालनी गरिनेछ,ब्यापार ब्यबसायमा पनि राम्रै सफलता हात लाग्ने समय छ,साथी भाइको सहयोग पाइनेछ,रचनात्मक काममा समय खर्चिने समय छ,रोकिएका कामहरु पुरा हुनेछन, दुख गरे अनुरुप सन्तोषजनक प्रातिफल पनि हात लाग्नेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः मन्त्र जप गरेर अगाडी बढे सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
निरन्तरको मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्नेछ,भौतिक शुख सुबिधाका साधनहरु  जुट्नेछन,शत्रु पक्ष तपाइको वशमा रहनेछ, जिद्दी गर्ने बानीले केहि  समय दुख पाइएला,मनमा  सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ,गोपनियता राख्नुहोला,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब गणपति भगवानको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ,व्यवसायको उन्नतिको लागि सम्झौता संगै रमाइलो यात्रा हुन सक्छ,सवारी साधन र मेसेनेरी बस्तुको माध्यमबाट अधिक आम्दानी हुनेछ, आतिथ्यपूर्ण सम्मान पाइनुका साथै कामको उचित प्रतिफल पनि मिल्नेछ,प्रेम सम्बंध मिठास पूर्ण रहनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलदेबताको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पारिवारिक असमझदारी बढ्नेछ,मान्यजनको सुझाब सल्लाह आज अप्रिय लाग्नेछ,सामाजिक र जनता संग प्रतक्ष सरोकार राख्ने काममा फाइदा मिल्नेछ,माताको स्वास्थ्यामा कमजोरी देखिन सक्छ,कृषि तथा जग्गा जमिनको क्षेत्रमा राम्रै प्रतिफल हात लाग्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नमः मन्त्रको उच्चारण  गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
काममा असफलता हात लाग्न सक्छ,ब्यबसायिक पाटोमा सामान्य रोकावट आउन सक्ने देखिन्छ, बोलीको प्राभाब आज कमजोर हुनेछ भने आर्थिक अबस्था खस्कन सक्ने देखिन्छ,आत्म-सम्मानमा चोट पुग्न सक्छ,यात्रा पनि कष्टकरपूर्ण हुन सक्ने देखिन्छ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ ईष्टदेबको दर्शन पूजा गरेर अगाडी बढे शुभ फल हात लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
स्वास्थ्यमा कमजोरी आउन सक्नेछ, अरुको कर बल र  बाध्यतामा गरिएको  काममै समय बित्न सक्छ, आशा देखाउनेहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,अरूका काममा महत्वपूर्ण समय खर्चिनु पर्ने हुन सक्छ, आथिक कारोबार कमजोर रहनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आत्मबल दरिलो बन्ने समय छ,विशिष्ट व्यक्तित्व संगको भेटघाट फलदायी बन्नेछ,मन परेका बस्तु कपडा अलंकार जस्ता चिजहरु हात लाग्नेछन,मिष्ठान्न भोजन गर्ने सु अवसर मिल्नेछ, रोकिएका कामहरु बन्नेछन् भने स्वास्थ्यमा केहि समस्या आउन सक्छ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर