Aamsanchar

राशिफल ,वि.स. २०७३ साल पौष १० गते आइतबारको राशिफल हेर्नुहोस्….

Author Image
आइतवार, पौष १०, २०७३

आजको पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८,विक्रसम्वत २०७३ साल पौष १० गते रविवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर २५ तारिक कृष्णपक्ष द्वादशी तिथि ११ गते विहान ५÷२८ वजेसम्म, विशखा नक्षत्र राती ४÷३७ वजेसम्म, सुकर्मयोग, कौलवकरण, आनन्दादियोग उत्पात,सूर्य धनु राशीमा,चन्द्रमा राती ९÷५८ वजेसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।
मेषः– सामान्यतया आजको दिन अनुकुल देखिन्छ । काममा विलम्व र हेलचक्र्याइ नगर्नु होला पछि पश्चताप हुनेछ । आज गरेका धेरै कामबाट धेर थोर लाभ लिन सकिनेछ । अरुको धेर भर नपर्नु होला ।
वृषः– विवादित कामको टुङ्गो लाग्नेछ । शत्रु माथि विजय प्राप्त हुनेछ । ऋण लगानीमा जोड नदिनु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नयाँ कार्य योजनाको वारेमा विचार विमर्श हुनेछ ।
मिथुनः– दुविधामा नपरि काम गर्नु होला । पढाई लेखाईमा सामान्य ध्यान जानेछ । व्यापार व्यवसायबाट अल्प लाभ होला । धनको लालचा बढ्नेछ । अवसरको दुरुपयोग हुनसक्छ ।
कर्कटः– आफन्तका कारण धन खर्च हुनसक्छ । सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । काममा अवरोध आउन सक्छ । शारीरि एवं मानसिक दूर्वलता बढ्नेछ । आलोचना सहनु पर्ने अवस्था आउन सक्छ ।
सिंहः– समय सधै आफ्नो पक्षमा नहुने हुदा समयको महत्व वुझेर काम गर्नु होला । आज गरेका अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् । गरेका कामबाट आय आर्जन राम्रै हुनेछ ।
कन्याः– समय सुधारोन्मुख छ विचार विमर्श गरेर काम गर्नु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । व्यापार,व्यवसायमा विस्तारै सुधार आउनेछ । भौतिक सुखानुभूति कमै हुनेछ । ।
तुलाः– समयको गति सगै थोरै अनुकुलतामा कमि आउनेछ,त्यसकारण समयमा गरेका कामबाट बढि लाभ हुनेछ । गएका ठाँउमा सन्मान मिल्नेछ । व्यापार व्यवसायबाट लाभ होला । काम गर्न अल्छि नगर्नुहोला ।
वृश्चिकः– आजको दिन पनि त्यति अनुकुल देखिन्न काम गर्दा सचेत हुनु नै होला । विवादबाट टाढा बसेर काम गर्नु होला । आर्थिक क्षय वेहोर्नु पर्ने अवस्था आउन सक्छ । अरुको भर नपर्नु होला ।
धनुः– काममा ढिला सुस्ति कत्ति पनि नगर्नु होला । समयमा गरेका कामबाट उचित लाभ हुनेछ । व्यापार व्यवसायबाट आम्दानी सन्तोसजनक हुनेछ । सहयोग कम मिल्ने छ । समस्या विस्तारै बढ्ने देखिन्छ ।
मकरः– काममा तपाईले सोचे भन्दा राम्रो प्रगति हुनेछ । तपाईको काम देखेर अरु पनि प्रभावित हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।
कुम्भः– कान्ति क्षय हुनसक्छ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । विरोधीको सामना गर्नु पर्ला । तनावमा कमि आउनेछ ,लगनशिलता थोरै बढ्नेछ ।
मिनः– समयले अझै साथ दिने देखिन्न । जोखिम नमोल्नु होला । विश्वासको संकट पर्न सक्छ । सोचाईको विपरित काम हुने छन् । काम गरेर आफुलाई भन्दा अरुलाई बढि फाईदा पुग्नेछ ।
जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति,

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)