Aamsanchar

गजल

Author Image
सोमवार, पौष ११, २०७३

(केशव आर्चाय)

keshav a
एक पटक यस्तो उमेर आउँछ ।
उन्माद पनिअति अटेर आउँछ ।
नचिताएको प्राप्ती पाए पछि त,
फुर्ती पनि सधै भन्दा धेर आउँछ ।
मात भन्दा बढी उन्माद लागे पछि,
स्वभावमा ठूलो हेरफेर आउँछ ।
बाक्लो हुस्सु लाग्छ नि जब बिहान,
सूर्यको ताप अलिक अबेर आउँछ।
बिर्सन्छौ हामी दम्भले भरिए पछि,
शब्द बन्नु अगाडि अक्षर आउँछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर