Aamsanchar

राशिफल , २०७३ साल पौष १२ गते मंगलबारको राशिफल हेर्नुहोस्….

Author Image
मङ्गलवार, पौष १२, २०७३

आजको पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८,विक्रसम्वत २०७३ साल पौष १२ गते भौमवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर २७ तारिक कृष्णपक्ष त्रयोदशी तिथि विहान ८÷३८ वजेसम्म, अनुराधा नक्षत्र विहान ७÷१३ वजेसम्म, शूलयोग, वणिजकरण, आनन्दादियोग वज्र,सूर्य धनु राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।
मेषः– आज पनि समयमा सुधार देखिन्न । भौतिक सम्पति नास हुनसक्छ विचार पु¥याउनु होला । मानसिक तनाव बढ्नेछ । माताको मात्र होइन आफ्ने पनि स्वास्थ्य साथ दिने छैन ।
वृषः– ग्रह गोचर सामान्य देखिन्छ । समयमा गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । समयको पूर्ण सदुपयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।
मिथुनः– कडा परिश्रम खर्च गर्नु पर्नेछ,सहज काम हुने छैनन । मनमा भय त्रास उत्पन्न हुनेछ । आफन्तका कारण काममा अप्ठ्यारो पर्न सक्छ । ऋण्को मात्रा बढ्नसक्छ ।
कर्कटः– योजना बनाएर काम गर्नु होला । अनिर्णयको बन्दि हुदा धेरै अवसर गुम्ने सम्भावना देन्छि । विचार नपु¥याएमा आर्थिक क्षय वेहोर्नु पर्नेछ । यात्रामा कठिनाई उत्पन्न हुन सक्छ ।
सिंहः– परिवारिक खर्चमा तिव्रता आउने देखिन्छ । विना उपलब्धिका काममा समय जानेछ । काम गरेर अपयश मात्रै मिल्ला । घरमा बस्न मन लाग्ने छैन । शारीरिक शिथिलता बढ्नेछ ।
कन्याः– निर्णय क्षमता बढ्नेछ । उद्योग पराक्रम बढ्नेछ । गरेका धेरै काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी राम्रैै हुनेछ । काममा विलम्ब गर्दा आफैलाई घाटा हुनेछ ।
तुलाः– काम गर्दा आर्थिक समस्या झेल्नु पर्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । व्यापार मन्द गतिले अगाडि बढ्नेछ । आफन्त भए पनि आर्थिक कारोवारमा सर्तक रहनु होला ।
वृश्चिकः– काम गर्नें उत्साहामा कुनै कमि आउने छैन । गरेका अधिकाँश काम सफल हुनेछन् । आर्थिक कारोवारमा ध्यान दिनु होला । कुरा भन्दा काममा बढि जोड दिनु होला ।
धनुः– व्यर्थका काममा समय खेर जानेछ । अनावस्यक झन्झट आई लाग्नेछन् । व्यापार व्यवसायमा नोक्सान हुनेछ । लेनदेनमा विवाद पर्न सक्छ । झुट्टा कुराले सताउने देखिन्छ ।
मकरः– व्यक्तिगत काममा ध्यान जानेछ । गरेका कामबाट लाभ पनि हुनेछ । नजिकका मानिसबाट सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काममा ढिला भने नगर्नु होला ।
कुम्भः– सामाजिक प्रतिष्ठा बढ्नेछ । ऋण घट्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । नयाँ कामको अवसर आउनेछ । सहज र सरल तरिकाबाट धेरै काम सम्पादन हुनेछन् ।
मिनः– दिन मध्यम खालको देखिन्छ । छोटो दुरीको यात्राको सम्भावना अझै देखिन्छ । अरुको काममा ध्यान दिदा आफ्ना काम धेरै अधुरा रहनेछन् । आम्दानी खर्च वरावरै जस्तो होला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)