Aamsanchar

हेर्नुहोस् आजको राशिफल – आज मिती २०७३ साल पुस १४ गते बिहिबार

Author Image
बिहिवार, पौष १४, २०७३

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८,विक्रसम्वत २०७३ साल पौष १४ गते विहिवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर २९ तारिक कृष्णपक्ष औसी तिथि मध्यान्ह १२÷१९ वजेसम्म, मूल नक्षत्र पूर्वान्ह ११÷५० वजेसम्म, वृद्धियोग, नागकरण, आनन्दादियोग धूम्र,सूर्य धनु राशीमा,चन्द्रमा पनि धनु राशीमा ।
मेषः– काममा अपेक्षकृत सफलता नमिल्न सक्छ । तर समयमा विस्तारै सुधार आउने देखिन्छ । तनावमा काम नगर्नु होला । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला ।
वृषः– आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला । आज गरेका कामबाट उचित लाभ लिन सकिने छैन । मन भ्रान्ति हुनेछ ।
मिथुनः– पारिवारिक समस्या टरेर जानेछन् । नयाँ कामको शुरुवात हुनसक्छ । जीवन साथीको सहयोग पाईनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । काममा ढिला गर्दा अवसर गुम्न सक्छ ।
कर्कटः– ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । अश्रित भएर काम नगर्नु होला ।
सिंहः– समयमा निर्णय लिन सकिएन भने अवसर गुम्न सक्छ सजग र सचेत रहनु होला । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।
कन्याः– समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार व्यवसायमा अवनति हुने देखन्छि ।
तुलाः– सामान्यतया आज गरेका काम सफल हुनेछन् । समय आउछ पर्खिदैन,काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । अर्थोपार्जन हुने देखिन्छ । व्यापारबाट पनि आम्दानी बढ्नेछ ।
वृश्चिकः– अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर पनि काम नगर्नु होला आफैलाई घाटा हुनेछ । ऋण नदिनु होला ।
धनुः– मन चञ्चल हुनेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । एजेन्सिका कामबाट सानातिना समस्या देखिनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला ।
मकरः– अन्योलता बढ्नेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा पनि समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् भर विश्वासमा नपर्नु होला ।
कुम्भः– साझेदारी काममा भन्दा स्वतन्त्र कामबाट बढि लाभ लिन सकिनेछ । काममा सानातिना समस्या देखिने छन् तर ती काम गर्दै जादा समाधान भएर जाने छन् । ढिला गर्दा अवसर गुम्ने खतरा देखिन्छ ।
मिनः– आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । वोलिको प्रभाव बढ्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर