Aamsanchar

झापामा जनता आवास कार्यक्रम सुरु

Author Image
बिहिवार, पौष १४, २०७३

झापा ।

ghar 5(1)

जनता आवास कार्यक्रम अन्र्तगत झापामा पहिलो चरणमा मुश्लिम र दलित परिवारका लागि घर बनाइने भएको छ ।  जनता आवास कार्यक्रम झापा जिल्ला संमन्बय समितिको बैठकले बिभिन्न ७ वटा केन्द्रहरु तोकेर एकघर निर्माणका लागि २ लाख २६ हजार बिनियोजन गर्ने निर्णय गरेको समितिका सदस्य तथा साँसद दीपक कार्कीले बताउनु भयो ।

दलित र मुस्लिम समुदायको लागि झापामा ५ सय घर निर्माण गर्न तोकिएको मापदण्डअनुसार रकम बिनियोजन भएको बताईएको छ । कार्कीका अनुसार झापाको क्षेत्र नंं. १ मा मेचीनगर र बाहुनडागी गाबिस, क्षेत्र नंं.२ मा बिर्तामोड नगरपालिका र गरामनी गाबिस, क्षेत्र नं.३ मा भद्रपुर नगरपालिका र केचना गाबिस छनौट भएकाछन् ।

यसैगरि क्षेत्र नं.५ मा शिबसताक्षी नगरपालिका र चकचकी गाबिस, क्षेत्र नंं. ४ मा कनकाइ नगरपालिका र खुदुनाबारी गाबिस, क्षेत्र नंं. ६ मा गौरादह नगरपालिका र खजुरगाछी गाबिस, क्षेत्र नं. ७ मा दमक नगरपालिका र तोपगाछी गाबिस छनौट भएकाछन । प्रत्येक निर्वाचन क्षेत्रमा एक नगरपालिका र एक गाबिस छनौट भएको छ ।

जनता आवास कार्यक्रम अन्र्तगत पहिलो चरणमा झापा जिल्लामा घर निर्माणका लागि ३ करोड रुपिया बजेट आएको जनाईएको छ । शहरी बिकास तथा भवन निर्माण बिभागको प्रत्यक्ष रेखदेखमा काम अघि बढ्ने जनता आवास कार्यक्रम झापाका प्रमुख इन्जिनियर कुमार घिमिरेले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर