Aamsanchar

ब्लड बैंक बिर्तामोडमा स्वास्थ्य राज्यमन्त्री, ५० लाख कम्पोनेन्ट मेसिन सहयोग

Author Image
शुक्रवार, पौष १५, २०७३
बिर्तामोड। 
unnamed
स्वास्थ्य मन्त्रालयले बिर्तामोडस्थित रक्तसञ्चार सेवाका लागि ५० लाख मूल्यको रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन प्रदान गर्ने भएको छ  ।
मन्त्रीस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्नेबारे सम्झौता भइसकेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । सभापति ढकालका अनुसार पुसभित्रै उक्त मेसिन आइपुग्नेछ ।
यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले शुक्रबार बिर्तामोडस्थित रक्तसञ्चार सेवा भवनको निरिक्षण गर्नुका साथै मानिसको जीवनसँग जोडिएको रगत आपूर्तिको सेवालाई प्रभावकारी बनाउन जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।उनले कम्पोनेन्ट मेशीन चाडै पठाउने बताए ।
 झापाको स्वास्थ्य सेवामा कुनै कञ्जुस्याई नगर्ने मन्त्रि गुरुङको भनाइ थियो ।
सांसद सुधिरकुमार शिवाकोटीले रेडक्रसको मानवीय सेवाको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । सांसद हरिबहादुर राजवंशीले चाहिएको बेला रगतको महत्व थाह हुने बताउँदै रगतको आपूर्तिले सबैखाले विभेद बिर्साएको पनि बताए ।
 रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति ढकालले कम्पोनेन्ट मेसिन आएपछि बिर्तामोडबाट रगत आपूर्ति सहज र प्रभावकारी हुने बताए ।
रेडक्रसले बिर्तामोडसहित छ स्थानमा ब्लड बैंक सञ्चालनमा ल्याइ सेवा दिइरहेको रेडक्रस सोसाइटी बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।
एक पोका रगतबाट आवश्यक तत्वको आधारमा चार जनासम्मलाई रगत आपूर्ति गर्न सकिने बताइएको छ । कम्पोनेन्ट मेसिनले रगतमा रहेको आरबीसी, डब्लुबीसी, प्लाज्मा, प्लेटलेट जस्ता तत्व छुट्याउने र जसलाई जुन तत्व आवश्यक छ त्यही मात्र दिन सकिने बताइएको छ ।
कार्यक्रमको सञ्चालन लम्बोदर पौडेलले गरेका थिए । उक्त अवसरमा जग्गादाता राजेन्द्र थापा, सल्लाहकारहहरु, विशिष्ठ सदस्यहरु, रेडक्रसका जिल्ला र विभिन्न उपशाखाका पदाधिकारी र सदस्यहरु, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको रेडक्रस बिर्तामोडका उपसभापति निर्मल भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर