Aamsanchar

सिन्दुर लगाएर पनि श्रीमतीको दर्जा नपाएकी अविगल…

Author Image
शनिवार, पौष १६, २०७३

[नरेन्द्र ढकाल]

sindur-1
भनिन्छ जो भाग्यामा छैन उसकै माया धेरै लाग्छ । साँच्चै नवदीपको यो भनाईले मलाई एक पटक सोच्न बाध्य बनायो । उसको मायाले उसलाई छाडे पछिको यो अभिब्यक्तिले मेरो मायालाई पनि आफ्नै अगाडी ऐना झैं ल्याईदियो ।

म पनि उसको यो वाक्यले अक्कनबक्क भएँ । मेरी मायालुले मलाई भनेका कुराहरु आँखामा एक पछि अर्को गर्दै झलझली आउन थाले । अनी मेरा आँखाहरु पनि अनायासै रसाए । के माया गर्नु गल्ती हो ? भनेर नवदीपले मलाई प्रश्न गर्न लाग्यो मैले पनि उसलाई मलिन स्वरमा भने– प्रेम प्राप्ती मात्रै होइन् त्याग पनि हो ।

के तँ साच्चो प्रेम गर्छस् भने उसको खुशीमा रम्न सम्नुपर्छ माया गरेको सबै चिज आफैले पाउनुपर्छ भन्ने हो भने त्यहाँ स्वार्थ लुकेको हुन्छ । मलाई थाहा छ तँ निस्वार्थ माया गर्छस् । अब रोएर होइन हाँसेर उसको अगाडी देखा पर्नुपर्छ उसका दुःखमा तैंले साथ दिनुपर्छ यहि हो सच्चा प्रेम ।
हो मैले उसलाई यि कुरा भनेर एकछिन तँ उसको मनलाई शान्ति दिने प्रयास गरेपनि मेरो मनमा भने ज्वाल दन्कन थालिसकेको थियो । अविगलको यादले मलाई दिनभर सतायो । म पनि उसलाई साँच्चो प्रेम गर्थे तर उ मेरी हुन सकिन् । उ कसैको भईसकेको थिई तर मलाई उसले आफुलाई भन्दा धेरै माया गर्थि । हुन त उ संग मेरो भेट भने सामाजिक सञ्जाल फेसबुक मार्फत भएको थियो । मैले नै उसलाई फ्रेड रिक्योस्ट पठाएको थिएँ ।

राम्री देखेर पठाए सहायद उसलाई मैले त्यहि दिनदेखि मन पराउन थालिसकेको थिएँ । उसले मेरो रिक्योस्टलाई तीन दिन पछि स्वीकार गर्दै सामाजिक सञ्जालको साथीको रुपमा दर्ता गराई । त्यस पछि अविगल र मेरो दिनहुँ जस्तो कुरा हुन थाल्यो । उसले मेरो बारेमा सोधी मैले पनि उसको बारेमा सोधे अनि कुरा यसरी नै अगाडी बढी रहेको थियो ।
त्यसै क्रममा मैले अलिक बाँठ्ठो चाल खेले उलाई फोन नम्बर माग्दा खेरी नराम्रो सोच्छे जस्तो लगेर मैले उसलाई मेरो नम्बर दिएँ अनि भनिदिएँ विर्तामोड आयौं भने फोन गर है ल । उसले कुनै उत्तर दिइन् । यसरी नै हाई हेलो दैनिक भइरहेका थिए । एक दिन म अफिसमा काम गरिरहेको थिएँ । नयाँ नम्बरबाट फोन आयो अनि हेलो मात्र भनेको थिएँ उसले कता छौं भन्ने प्रश्न गरी ।

मैले को बोल्नु भयो म त अफिसमा छु भने उसले म अविगल भनेर भनि म अत्यत्तै हार्षित हुदैं भने कता छौं ? उसले म विर्तामोड आएको छु तिमी मलाई भेट्न आउछौं भने म भद्रपुर रोडको साथी मेडिकल हल छेउमा छु आउ । मैले पनि हुन्छ त्यहि बस म आउदै छु भने अनि म अफिसमा साथीहरुलाई अजेन्ट काम देखाएर एक घण्टाको विदा मिलाएर उनलाई भेट्न गएँ ।
न भन्दै मैले सोचे भन्दा राम्री देखे उनलाई तर उ विवाहित थिई । सडक किनारमा नै उभिएर एक छिन गफ ग¥यौं । मैले चिया खान जाँउ भनेर हत्ते गरे तर उसले मानिन् पहिलो भेटमा नै धेरै कर पनि गरिन किन की उसले भरे नराम्रो सम्झेर मलाई केही भनि भने भनेर मैले पनि उससंग विदा लिएर पुन अफिस आएर काम गर्न थाले सहायद त्यो दिन मसंग दुईवटा सफलता मिलेको थियो ।

एक त उसको फोन नम्बर अनि अर्को उसंगको प्रत्यक्ष देखभेट । सपना देख्ने मान्छेले नै सफलता पाउन भनिन्छ । मैले उसको इज्जत लुट्ने सोच्न र उ माथि नकरात्मक दृष्टीकोणले कहिल्यै हेरेको थिइन् र छैन पनि । मैले मलाई असाध्यै माया गर्ने मान्छे भटेको थिएँ सहायद मैले पनि जिन्दगीमा यति धेरै कसैलाई पहिलो पटक माया गर्दै थिएँ र यति धेरै माया पाउने पनि उनै हो ।

अब मेरो जिन्दगीमा जो आएपनि अविगल जती कसैले माया पाउदैन् । उससंगको भेट र संवाद बाक्लीदै गयो । हामी अब एकैछिन पनि अलग हुन नसक्ने परिस्थितमा पुग्योैं तर उसले भन्ने गर्थी म तिमीलाई कहिल्यै अप्ठ्यारो पार्दिन् यदि मेरो कारणले असहज भएमा म अलग हुन्छु । उसको यो अभिब्यक्तिले मेरा गला नै अवरुद्ध हुन पुग्थ्यो ।

तथापी हामीले जिवनभर एक अर्कालाई नभुल्ने बाचा गरेका छौं । आज पनि उससंग मेरो कुरा हुने गरेको छ । तथापी उ मलाई बढी नैं शंका गर्छे उसको शंका गराई गलत होइन मलाई कतै बिर्गन्छ की भन्ने चिन्ता उसमा हुनु स्वभाविकै हो । उसले भन्छे तिमी विवहा गर त्यसपछि तिम्रो जिवनबाट अलग हुनेछु उसको यो अभिब्यक्तिले मलाई रुन मन लाग्छ ।

अविगल मेरो जिन्दगीको सहयात्रामा सगैं नभएपनि उ मेरो मन र मुटुमा बसेकी छ । तर मैले उसलाई नपाए पनि एउटा निस्वार्थ माया गर्ने मान्छे पाएको छु । उ विवहाहित भएपनि उसको सिउँदोमा मैले पनि सिन्दुर लगाई दिएको छु । सिन्दुर लगाए पनि समाजको अगाडी उसलाई श्रीमतिको दर्जा भने दिन सकिन् त्यो बेला लाग्छ मैले कस्तो माया लगाएँ ।

दुनियाको मायालु जोडीसंगै हिड्दा मेरा मनहरुले प्रश्न गर्छ खै तेरी मायालु त मनमा छे तर तँ एकै हिड्न बाध्यछस् । हुन तँ संगै हिड्दा र शारीरिक सम्बन्ध राख्दा मात्र माया हुने हैन् । त्यसैले अविगल मेरो मुटु हो उ म बाँच्नुजेल सम्म धड्की रहन्छे । (कथा)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर