Aamsanchar

हेर्नुहोस् आजको राशिफल….आज मिती २०७३ साल पुस १६ गते शनिवार

Author Image
शनिवार, पौष १६, २०७३

आजको पात्रो
श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८,विक्रसम्वत २०७३ साल पौष १६ गते शनिवार नेपाल सम्बत ११३७ पोहेलाथ्व,सन् २०१६ डिसेम्बर ३१ तारिक शुक्लपक्ष द्वितीया तिथि अपरान्ह २÷२० वजेसम्म, उत्तरषाढा नक्षत्र अपरान्ह २÷५२ वजेसम्म, व्याघातयोग,कौलवकरण, आनन्दादियोग राक्षस,सूर्य धनु राशीमा,चन्द्रमा मकर राशीमा ।
मेषः– कार्य सम्पादनमा सरलता आउनेछ । गर्न बाँकी रहेका काम पनि आज हुने छन् । आत्मबल,आत्मविश्वास बढ्ने छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । मान सम्मान पाईने छ ।
वृषः– तनावमा काम नगर्नु होला । काम गर्ने जोश जागर बढ्ने छैन । स्पष्ट बोल्दा आफैलाई हानी नोक्सानी हुनसक्छ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । यात्राको सम्भावना देखिन्छ ।
मिथुनः– स्वास्थ्य कमजोर बन्नेछ । गर्न खोजेका काम पनि बन्ने छैनन । आफन्तबाट नै विश्वास घात हुन सक्छ । सहयोग गर्ने भन्दा पनि खुट्टो तान्ने धेरै हुने छन् । मानसिक तनाव बढ्नेछ ।
कर्कटः– दैनिक काम काजमा प्रगति हुनेछ । गरेका कामबाट धेरथोर फाईदा लिन सकिनेछ । हिसाव कितावमा काम गर्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ ।
सिंहः– विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क भई गर्नु होला । काम गर्दा कहि कतै त्रुटी हुन सक्छ पुन विचार गरेर गर्नु होला । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् ।
कन्याः– मनमा दुविधाले डेरा जमाउनेछ । काम गर्दा अलमलमा पर्नु भयो भने अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।
तुलाः– मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । धन माल हराउन वा चोरी हुनसक्छ होशियार रहनु होला । साथि भाई तथा आफन्तबाट आलोचना हुनेछ ।
वृश्चिकः– सहास,धैर्यता र पराक्रम बढ्नेछ । काम गरे अनुुसारको दाम हात पर्ने छ । उद्योग धन्दा बन्द व्यापारमा उन्नति प्रगति हुनेछ । घर बाहिर वसेर काम गर्दा बढि सजिलो हुनेछ ।
धनुः– कसैलाई पनि वोलि नफुत्काउनु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । आफन्त नै भए पनि कारोवार नगर्नु होला । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय बढ्नेछ ।
मकरः– अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । उच्चमनोबलका साथ काम गर्नु होला । आज गरेका काम प्राय सफल हुनेछन् । उत्तम आसन र भोजन प्राप्तिको योग पनि देखिन्छ । आय आर्जन बढ्नेछ ।
कुम्भः– दिन प्रतिकुल देखिन्छ । काम गरेर आफुलाई भन्दा अरुलाई फाइदा हुनेछ । आफुले सोचे जस्ता व्यवसायबाट लाभ लिन सकिने छैन । विना सोच विचार नवोल्नु होला काम विग्रिन सक्छ ।
मिनः– आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । खेलाडीको लागि दिन बढि उत्तम देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर