Aamsanchar

फाल्गुनन्द मार्ग निर्माणलाई तीव्रता दिन साईट अफिस

Author Image
शनिवार, पौष १६, २०७३

झापा।

sadake

दमक रबी चिसापानी सडक फाल्गुनन्द मार्ग निर्माणको कामलाई अझ तिब्रता दिन इलामको बाँझो गाविसमा डिभिजन सडक कार्यालय दमकको साईट अफिस स्थापना गरिएको छ ।

बाँझो गाबिस वडा नम्बर ८ स्थित मझुवा दोभानमा  एक कार्यक्रमको अयोजना गरि साईट अफिसको उद्घाटन गरिएको हो । जिभिजन सडक कार्यालय दमकका प्रमुख राजेश कुमार यादव र सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रेवतराज पुरी(गगन)ले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
बाटो अनुगमनमा सहज होस भनेर साईट अफिसको स्थापना गरिएको डिभिजन प्रमुख यादवले बताउनु भयो ।“सडक निर्माणका सन्दर्भमा यहाँका जनताको गुनासो दमक पु¥याउन गाह्रो छ । त्यहि भएर जाहाँ काम हुँदैछ सोहि ठाउँमा साईट अफिस स्थापना गरिएको हो ।” डिभिजन प्रमुख यादवले भन्नु भयो ।
त्यसै गरि सडक निर्माणको कामलाई आक्रामक रुपमा अघि बढाउन साईट अफिसको स्थापना गरिएको सडक निर्माण उपभोक्ता समिति अध्यक्ष पुरीले बताउनु भयो ।
साईट अफिस स्थापना पछि बाटो निर्माणमा कुनै कमजोरी भए गुनासो गर्न सहज हुने उपभोक्ताको विस्वास रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर