Aamsanchar

शुभकामना आदानप्रदान तथा प्रथम अधिवेशन सम्पन्न

Author Image
आइतवार, पौष १७, २०७३

भरत शिवाकोटी

   [युएई]unnamed

अंग्रेजी नयाँ वर्ष २०१७ तथा तमु ल्होसारको शुभ अवसरमाएमाले जन संगठन प्रवासी नेपाली मंच युएई रासअलखेमा क्षेत्रीय कमिटीले वनभोजको साथमा शुभकामना आदानप्रदान गर्दै आफ्नो प्रथम अधिवेशन गत ३० डिसेम्बर २०१६ मा रासअलखेमाको जाबिल जैसपहाडको फेदमा सम्पन्न गरेको छ ।

प्रवासी नेपाली मंच युएई रास्ट्रिय कमिटीका अध्यक्ष श्याम कडेंलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेस अतिथीमंचका भुतपुर्व अध्यक्ष प्रकाश कोइराला तथा अतिथीहरुमा मंचका रास्ट्रिय कमिटी महासचिव भेसराज ढकाल, सदस्यहरु प्रविन पोख्रेल,मित्रलाल पोख्रेल,बाबुराम सापकोटा, मनोज नेपाल लगायत विभिन्न क्षेत्र तथा स्थानीय क्षेत्रमा रहेका एमाले कार्यकर्ताहरु एवं शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी श्याम कडेंलले देशको रास्ट्रिय राजनीति निक्कै जटिल अवस्थामा रहेको चर्चा गर्दै देशलाई सिक्किमिकरण गर्न लम्पसारवादिहरु उद्दत रहेको र त्यसलाई कुनैपनि हालतमा सफल हुन नदिन नेकपा एमालेले लिएको बाटो सहि रहेको विचार व्यक्त गरेका थिए ।

प्रवासमा रहेका नेपालीहरु राजनीति प्रति सचेत भएर सहि निर्णय गर्ने हो भने त्यसबाट एक नेपाली बराबर नेपालमा रहेका दश नेपाली सचेत हुने र त्यो सचेतताले देशको स्थिर राजनीति स्थापित गर्ने बताउँदै उनले निर्वाचित कमिटीलाई सोहि दिशामा अघि बढन शुभकामना दिएका थिए ।

विशेस अतिथीप्रकाश कोइरालाले देशको भाग्य र भविष्य निर्धारण गर्ने पार्टी नेकपा एमाले मात्र भएको जिकिर गर्दै देशलाई बर्बादी बनाउने देशी तथा विदेशी शक्तिहरुको निर्देशनमा एमालेले लिएको नीति र लोकप्रियता माथि आक्रमण हुन थालेको बताएका थिए । सो क्षेत्रमा कमिटी गठन भैरहदा आफुलाई क्रान्तिकारी बताउने केहि व्याक्तिहरु आँतिएर मंचमा संगठित नहुन भन्दै हिँड्नु आँफैमा लज्जास्पद भएको बताउदै त्यसो भन्नेहरुलाई डर र धम्कीको खेती नगरी वैचारिक भिडन्तमा मैदानमा आउन उनले चुनौती दिए ।कार्यक्रममा मंचका महासचिव भेसराज ढकालले समेत मन्तव्य राख्दै निर्वाचित कमिटीलाई शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनबाट पछी दुई सदस्य थप्ने गरि भुवन केसी अर्यालको अध्यक्षतामा १५ सदस्य कमिटी सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा गुरु प्रसाद ज्ञवाली र भक्त निश्चल,सचिवमा नगेन्द्र बहादुर बडुवाल,सह-सचिवमा मनहरी घिमिरे,कोषाध्यक्ष याम खत्री र सदस्यहरुमा नविन थापा,अर्जुन गिरी,विकास सिंखडा,दिपक डाँगी र टेक बहादुर मल्ल रहेका छन ।

स्थानीय कलाकारहरुले मादल तथा अन्य गीत संगीतमा नृत्य गर्दै मनोरंजन गरेको कार्यक्रमको सभापतित्व अध्यक्ष भुवन केसी अर्यालले गरेका थिए भने संचालन सचिव पूर्ण प्र. न्यौपाने प्रेम ले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर