Aamsanchar

हेर्नुहोस् कस्तो अचम्मको उपचार विधि? यस्तो छ फाइदा

Author Image
सोमवार, पौष १८, २०७३

एजेन्सी ।

तपाईं हामी बिरामी भएपछि चिकित्सक कहाँ उपचारका लागि जान्छौं । चिकित्सकले हाम्रो शरीर जाँच गरी हामीलाई के भएको हो पत्ता लगाउँछन् अनि सोही अनरुपले उपचार गर्ने विधि र प्रक्र्रिया बताउँछन् । सामान्य रोगका लागि औषधी खाएरै रोगको निदान गर्न सकिन्छ भने केही रोगको उपचारार्थ अप्रेसन नै गर्नुपर्ने हुन्छ ।
तर संसारमा यस्तो पनि उपचार पद्धती छ जहाँ तपाईंको रोग निदान गर्नका लागि तपाईंको शरिरमा आगो लगाइन्छ ।
फायर थेरेपी एउटा यस्तो विधि हो जसले पछिल्लो सय वर्ष भन्दा धेरै वर्षदेखि चीनमा प्रयोगमा आउँदैछ । यस प्रकारको विधि चीनको झांङ फेङगागोमा आफ्नो यो प्रकारको काम लोकप्रिय मानिन्छ । अहिले पनि चीनमा कैयौ बिरामीको उपचारको लागि फायर थेरापी अपनाउने गरिन्छ । उपचार गर्ने मानिसको शरीरमा अल्कोहल छर्किएर आगो लगाउने गरिन्छ ।
चीनमा केही यस्ता मानिस छन् जो यही विधिलाई अपनाइ रहेका छन् । यसले मानिसमा रहेको तनाव, दुखाई, बाझोपन क्यान्सर लगायतका बिरामी निको पार्ने बताइएको छ ।
झाङ फेगाओका अनुसार फायर थेरापी मानव इतिहासमा चोथो क्रान्ति हो । यसले चीन तथा पश्चिम दुवैमा आफ्नो प्रभाव निक्कै जमाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)