Aamsanchar

एमालेको पार्टी कार्यालय राम श्रेष्ठले भत्काउने

Author Image
बुधवार, जेठ १९, २०७३
काठमाडौँ: 
uml-party-office-feature-800x500_c
एमाले कार्यालय व्यवस्थापन कार्यदलले भूकम्पले क्षति भएको कामनपा–१४, मदननगर बल्खुस्थित पुरानो कार्यालय भत्काई सफाइ गर्न ठेक्का दिएको छ ।

कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले बोलपत्रमा प्राप्त आशयको अध्ययन गरी सबैभन्दा बढी रकम ३१,००,००१ बोलकबोल गर्ने राम श्रेष्ठ (काठमाडौँ–११, माइतीघर) लाई तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का दिने निर्णय गरेको हो ।

यही ठेकेदारसँग जेठ २१ गतेसम्म एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्झौताका लागि बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर