Aamsanchar

चार मुक्तक

Author Image
मङ्गलवार, पौष १९, २०७३

१- धर्तीमा बसेर उनी सँगसँगै आकाशका तारा गनेको हो

कुनै बेला ‘तिमी मेरो प्राणप्रिय’ उनले मलाई भनेको हो

जब प्रेममा पूर्णविराम लाग्यो, अचेल मेरोबारे यस्तो भन्छिन् रे

– ‘बादललाई भगवानले जनावर बनाउँदैथ्यो झुक्किएर मान्छे बनेको हो।

२- रहरले माया लाइँदोरहेनछ क्यार्नी त नि!

कसैलाई स्त्री चाइँदोरहेनछ क्यार्नी त नि!

हर्के किन अविवाहित भो बल्ल बुझेँ मैले रोएर स्वास्नी पाइँदोरहेनछ क्यार्नी त नि!

३- जीवन- एउटा सुन्दर फूल रहेछ

मृत्यु- संसार छाड्ने कबुल रहेछ यो मानव सृष्टि चलाउनकै लागि

बिहे- नगरी नहुने मीठो भूल रहेछ।

४- प्रेममा अन्धो बनेकी छौ म आँखा खोलाउँछु अनि थाहा पाउँछ्यौ

जालझेलको वाहियात पुराण सुनाउँछु अनि थाहा पाउँछ्यौ

आज आगोले भन्दा तिम्रो यादले भत्भती पोल्यो भनेकी छ्यौ

एकदिन सलाई कोरेर तिम्रो नाकै अगाडि पुर्‍याउँछु अनि थाहा पाउँछ्यौ।

  • बादल घिमिरे 
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर