Aamsanchar

बिर्तामोडमा ३ करोडमा फिटनेश वल्डः ‘स्वस्थ रहन आउनुहोस् यहाँ’

Author Image
बुधवार, पौष २०, २०७३

hari dhimal
हरि धिमाल,प्रवन्ध निर्देशक


फिटनेश वल्ड द हेल्थ क्लव

बिर्तामोड ,खुइलाल कोलनी [झापा]


‘फिटनेश वल्डको परिकल्पना, स्वस्थ र अनुशासित समाज’

फिटनेस वल्डमा के हुन्छ ?
– फिटनेश वल्डमा शारीरिक र मानसिकको व्यायाम हुन्छ ।
फिटनेस वल्डमा के–के सेवा उपलब्ध छ ?
– फिटनेश वल्डमा शारीरिक व्यायामतर्फ (न्थ्ः) जसले शारीरिक तौल घटाउने, बढाउने, फिटनेश मेन्टेन गर्ने, एरोविक, जुम्बा, डान्स, मार्सलआर्ट, किक बक्सिङ त्यस्तै मानसिकका लागि योगा, ध्यान आदि सेवा उपलब्ध छ । व्यायाम गर्ने बानीको विकास गर्न साताको दुईपटक निःशुल्क रुपमा फिजिकल फङसनल टे«निङ पनि गर्ने तयारीमा छौं ।
कति लगानी छ ?
– अहिलेसम्म भवन इक्युपमेन्ट अन्य सेटअपमा तीन करोड रुपैयाँको हाराहारीमा लगानी भएको छ ।
तपाईंले फिटनेस वल्डमै लगानी गर्नुको उद्देश्य ?
– स्वच्छ र स्वस्थ नागरिक उत्पादन गरी देशलाई टेवा पु¥याउन मैले फिटनेश वल्डमै लगानी गरेको हूँ ।
फिटनेशको परिकल्पना कसरी गर्नुभयो ?
– आजको मितिमा हामी हेर्न सक्छौं शहरीया जीवनशैलीका मानिसहरु हाइपरटेन्सन, कोलेस्ट्रोल, डाइविटिज, ग्याष्ट्रिक जस्ता साधारण रोगले स्वास्थ बिग्रदै गइरहेको र पीडित भएको पाउँछौं । त्यो २०५९÷०६० सालको कुरा हो म आफू पनि यही रोगको सिकार भएको थिएँ । पछि फिजिक एक्टिभिटिज शारीरिक व्यायाम गर्न थालेपछि त्यो निर्मुल हुँदै गयो र स्वास्थ्यमा पनि सुधार भयो । त्यसको कारणले खोज गर्दै जाँदा मुम्बईको गोल्डस जीममा प्रशिक्षणको टे«निङ गर्ने अवसर मिल्यो । त्यहाँ गएपछि प्रत्यक्ष हेर्ने, बुझ्ने, मौका मिल्यो र त्यहीबाट आफ्नै ठाउँमा यसप्रकारको सेवा दिने भन्ने परिकल्पनाले यो व्यवसाय शुरु भयो ।
शारीरिक व्यायामको आवश्यकता किन पर्छ ?
– घरपरिवार, इष्टमित्र, समाज, संघ–संस्था सबैसँग खुशी र सुखी जीवनयापन गर्नुका साथै लामो समयसम्म स्वस्थ्य रहन हाम्रो जीवनमा शारीरिक व्यायामको आवश्यकता पर्छ ।
फिटनेश वल्डमा नियमित सेवा लिनेहरु कुन पेशा क्षेत्रका छन् ?
– बिर्तामोडका प्रायः सबै क्षेत्र र पेशाका व्यक्तिहरु फिटनेश वल्डमा आउनु हुन्छ । नियमित जम्मा २ सयदेखि २ सय ५० जनाले सेवा लिइरहनुभएको छ । fitnes


प्रशिक्षकको बारे भन्नुपर्दा ?
– प्रशिक्षक बारे भन्नुपर्दा प्रशिक्षक मिजासिलो, मिलनसार, अनुशासित, अनुभवी र दक्ष हुनुपर्छ ।
अरु पनि थुप्रै हेल्थ क्लव छन् तर फिटनेस वल्डमै किन ?
– बिर्तामोडमा अरु पनि थुप्रै हेल्थ क्लव छन् । तर, फिटनेश वल्ड मै किन ? बडा मज्जाको प्रश्न सोध्नुभयो । मलाई लाग्छ हामी कहाँ आउनुको पछाडि चाहिँ उहाँहरुले खोजेजस्तो फराकिलो, शान्त र रमणीय वातावरण, व्यवस्थित, दक्ष मिलनसार, अनुशासित र अनुभवी प्रशिक्षक तथा आफ्नो रुची अनुसारका विभिन्न विधा जस्तैः वेट टे«निङ, कार्डियोभास्कुलर टे«निङ, स्टे«न्थ फिटनेश टे«निङ, ब्याडमिन्टन, योगा, ध्यान, जुम्बा, एरोविक, मार्सलआर्ट, किक बक्सिङ आदि एकै ठाउँमा सेवा पाएकै कारण उहाँहरु फिटनेश वल्डमा आउनुहुन्छ ।
क्लवमा आउन नसकेको अवस्थामा पनि फिटनेस रहने कुनै टिप्स छ कि ?
– सकिन्छ, सबभन्दा पहिले त आफ्नो समय मेनेज गर्न सक्नुपर्छ, त्यो समय चाहिँ बिशुद्ध मेरो आफ्नो स्वास्थ्यको लागि भनी बुझ्नुपर्छ र घरमा बसी–बसी रामदेव बाबा कै योगा गर्नुपर्छ । त्यस्तै कहिलेकाही मर्निङ, जगिङ, रनिङ स्टे«चिङ आदिको साथै पौष्टिक आहार–विहार गरेर पनि फिट रहन सकिन्छ ।
तपाईंले यो व्यवसायमा लागेर के पाउनुभयो ?
– मैले यो व्यवसायमा लागेर यस्तो व्यक्तिहरुसँग भेट्ने अवसर पाएको छु । जो नियमित औषधि सेवन गर्नुपर्ने, डाक्टरको फलोअपमा रहनुपर्ने त्यो पनि यहाँ होइन, भारतको शिलिगुडी, बैंगलोर जस्ता नामी हस्पिटलमा धाइरहेका आत्मविश्वास नै गुमिसकेका । तर, पछि तिनी व्यक्तिहरुको अनुहारमा चमक, आत्मविश्वास, एक्टिभ, वेटमा कन्ट्रोल भएछ भनी रिपोर्ट हेर्न र सुन्न पाउँदा बडो आनन्द र आत्मसन्तुष्टि मिलेको छ ।
आम मानिसमा कस्तो सन्देश प्रवाह गर्न चाहनुहुन्छ ?
– म यही भन्न चाहन्छु कि हो हामी व्यस्त छौं । फुर्सद छैन । पैसा कमाउनु पर्छ । भविष्यमा आउने सन्ततीका लागि केही गर्नुपर्छ र पछि सुख शान्ति, समृद्धिको जीवन बिताउनु पर्छ । तर, के हामीलाई यो थाह छ ? स्वास्थ्य नै रहेन भने यी सपनाहरु सम्भव छ ? त्यसकारण अहिले आजैबाट व्यस्तताका बाबजुद पनि एक÷आधा घण्टाको समय निकालेर आफ्नो स्वास्थ्यको लागि खर्चिने बानी बसाले राम्रो होला ।
तपाईंको जीवनको लक्ष्य के हो ?
– मेरो जीवनको लक्ष्य यसै काममा समर्पित भई भविष्यमा बालकदेखि वृद्धसम्मका मानिसहरुलाई एकै ठाउँबाट सेवा प्रदान गर्दै जाने रहेको छ ।
तपाईंको अरु पेशा व्यवसाय के छ ? कुन–कुन संस्थामा आवद्ध हुनुहुन्छ ?
– खासै केही छैन । २०५६ सालमा स्थापित एउटा प्रि–स्कूल जो अहिले मेरो जेठो छोराले हेरिरहेको छ । हाम्रो क्लवका सदस्यहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले होटल फ्लोरिडा नामक होटल सञ्चालन गर्ने तयारी भइरहेको छ । म बडीविल्डिङ एण्ड फिटनेश एसोसिएसन झापाका अध्यक्ष, एनप्याव्सन झापा सदस्य, गिर्धान झापा सदस्य, धिमाल जाति विकास केन्द्रका सदस्य र धिमाल इसाई समाज समितिको सदस्य लगायतमा रहेको छु ।
हरि धिमाल र फिटनेश वल्डले परिकल्पना गरेको समाज कस्तो हो ?
– हामीले परिकल्पना गरेको समाज स्वस्थ, स्वच्छ, सभ्य र अनुशासित समाज हो ।

तस्वीरः विनोद पाण्डे(कमल)

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)