Aamsanchar

हेर्नुहोस् आजको राशिफल- आज मिती २०७३ साल पुस २१ गते बिहिबार

Author Image
बिहिवार, पौष २१, २०७३

मेषः– काममा अपेक्षकृत सफलता नमिल्न सक्छ । तर समयमा विस्तारै सुधार आउने देखिन्छ । तनावमा काम नगर्नु होला । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला ।
वृषः– आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला । आज गरेका कामबाट उचित लाभ लिन सकिने छैन । मन भ्रान्ति हुनेछ ।
मिथुनः– पारिवारिक समस्या टरेर जानेछन् । नयाँ कामको शुरुवात हुनसक्छ । जीवन साथीको सहयोग पाईनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । काममा ढिला गर्दा अवसर गुम्न सक्छ ।
कर्कटः– ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । अश्रित भएर काम नगर्नु होला ।
सिंहः– समयमा निर्णय लिन सकिएन भने अवसर गुम्न सक्छ सजग र सचेत रहनु होला । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।
कन्याः– समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार व्यवसायमा अवनति हुने देखन्छि ।
तुलाः– सामान्यतया आज गरेका काम सफल हुनेछन् । समय आउछ पर्खिदैन,काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । अर्थोपार्जन हुने देखिन्छ । व्यापारबाट पनि आम्दानी बढ्नेछ ।
वृश्चिकः– अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर पनि काम नगर्नु होला आफैलाई घाटा हुनेछ । ऋण नदिनु होला ।
धनुः– मन चञ्चल हुनेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । एजेन्सिका कामबाट सानातिना समस्या देखिनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला ।
मकरः– अन्योलता बढ्नेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा पनि समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् भर विश्वासमा नपर्नु होला ।
कुम्भः– साझेदारी काममा भन्दा स्वतन्त्र कामबाट बढि लाभ लिन सकिनेछ । काममा सानातिना समस्या देखिने छन् तर ती काम गर्दै जादा समाधान भएर जाने छन् । ढिला गर्दा अवसर गुम्ने खतरा देखिन्छ ।
मिनः– आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । वोलिको प्रभाव बढ्नेछ ।

pathivara mata

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर