Aamsanchar

महादेवका ५ रहस्य जो अहिलेसम्म कसैलाई थाहा छैन

Author Image
बिहिवार, पौष २१, २०७३

देवताका पनि देवता महादेव यस सृष्टिका आधारभूत कारण हुन् । पुराणका अनुसार, उनले नै ब्रम्हा, बिष्णु तथा महेशको रुपमा सृष्टिको रचना, सञ्चालन तथा सम्भारको कार्य सम्हालेका थिए ।

उनलाई विश्वको प्रथम गुरु पनि भनिन्छ, जसले मानव जातिको कल्याणका लागि योग, तन्त्र, मन्त्र तथा अन्य विधिहरुको ज्ञान दिएका थिए । शिवपुराणमा महादेवका बारेमा यस्ता केही कुरा भनिएको छ, जुन एकदमै गुप्त मानिएको छ । आउनुहोस्, जान्नुहोस्, के–के छन् ।ram-shiva-dhanus-214170115

पिनाक धनुष – शिवको धनुषको नाम पिनाक हो । भनिन्छ, यस धनुषको झन्कारले पर्वत नै हल्लिने गर्थ्यो । यस धनुषको एउटै तीरले त्रिपुरासुरको सबै नगरीलाई समाप्त पारेको थियो । पछि यो धनुषलाई देवताहरुलाई दिए र देवताहरुले राजा जनकलाई दिए । यही धनुषले भगवान रामले सीताको स्वयम्बरमा भंग गरेका थिए ।krishna-chakra-225647915

चक्र – भोलेनाथको चक्रको नाम भवरेंद्ध हो । यद्यपी, धेरै कमलाई थाहा छ, कि भगवान कृष्णको सुदर्शन चक्रको निर्माण महादेवले नै गरेका थिए । पछि यस चक्रलाई विष्णुजीलाई दिइयो, र विष्णुले पार्वतीलाई, पार्वतीले परशुरामलाई दिए । त्यस्तै परशुरामले भागवान कृष्णलाई दिएका थिए ।shiva-dhanus-23219515

त्रिशूल – भगवान शिवको त्रिशूल दैहिक, दैविक तथा भौतिक कष्टहरुको विनाश गर्ने भनि चिनिन्छ । यो त्रिशूल अचूक तथा संहारक हुनका साथसाथै भक्तहरुको प्राणरक्षा पनि गर्छ ।

वासुकी नाग – भगवान शिवको घाँटीमा बेरिएको नागको नाम वासुकी हो । यसअघि कुनै पनि नागवंशको सुरुवात भएको थिएन । वासुकी नाग दोस्रो नागको राजा हो, पहिलो शेषनाग हो ।shiva-vasuki-naag-245365715

१२ गण – शिवपुराणमा भगवान शिवको १२ प्रमुख गण बताइएको छ । जसका नाम क्रमशः भैरव, वीरभद्र, मणिभद्र, चंसि, नंदी, श्रृंगी, भृगिरिटी, शैल, गोकर्ण, घंटाकर्ण, जय र विजय हुन् । यसबाहेक पिशाच, दैत्य र राक्षसलाई पनि गण मानिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर