Aamsanchar

“ऊँ नम: शिवाय”ले हिन्दु धर्ममा बोकेको अर्थ र महत्व

Author Image
बिहिवार, पौष २१, २०७३

ऊँ नम: शिवाय “लाई हिन्दु र शैव धर्मको सबैभन्दा पवित्र र महत्वपूर्ण मन्त्र मानिन्छ। यो मन्त्र यजुर्वेदको हिन्दु प्रार्थना ‘श्री रुद्रं चमकं’ बाट साभार गरिएको हो। विशेष गरी विनाश र परिणतिका देव शिव (महादेव) को भजनको रूपमा प्रयोग गरिने यो मन्त्र उच्चारण गर्दा व्यक्तिको आन्तरिक असिद्धता, सीमितता र पापको नाश हुने विश्वास गरिन्छ। साथै यो मन्त्रले आत्मालाई शुद्ध बनाई चेनताको उच्चस्तरमा पुर्याउने वेद तथा पुराणहरूमा उल्लेख गरिएको छ।

अर्थ

ऊँ नम: शिवाय ” को सुरुवात पनि हरेक मन्त्रको जस्तै ” ऊँ ” शब्दबाट भएको छ। ऊँ को अर्थ के हो भन्ने कुरा हामीले पहिल्यै पनि उल्लेख गरिसकेका छौँ। त्यसपछिको मन्त्र ” नम: शिवाय ” ले “म विनाशका देव शिवलाई नमस्कार (प्रणाम) गर्छु” भन्ने अर्थ दिन्छ।om namah-shivaya-mantra

महत्व

प्राचीन समयमा, यसलाई सबै किसिमका शारीरिक, मानसिक तथा आध्यात्मिक समस्याहरूलाई निको पार्ने सबैभन्दा शक्तिशाली मन्त्रको रूपमा मानिने गरिन्थ्यो। यस मन्त्रको आत्मैदेखि मन्त्रोच्चारण गर्नाले जोकोहिको पनि मनमा शान्ति ल्याउने र आत्मालाई शुद्ध बनाउने पहिलेका ऋषिमुनीहरूले वेद तथा पुराणमा उल्लेख गरेका छन्। ध्यानको बेला मृत्यु र पुनर्जन्मका लागि परमात्मा अनि अधर्म र पापको विनाशका देव शिवलाई पुकार्ने नै यस मन्त्रको प्रकृति मानिन्छ।

ऊँ नम: शिवाय लाई एकदमै शक्तिशाली मन्त्र मानिन्छ। वेद तथा शास्त्रहरूमा के उल्लेख गरिएको छ भन्दा, यदि कोहि व्यक्तिको मनमा निरन्तर यो मन्त्र गुञ्जिरहन्छ, उसको मनमा कुनै पनि किसिमको पाप लुकेर बस्न सक्दैन, उसलाई कुनै ध्यान वा योग को जरुरत पर्दैन। यो मन्त्र उच्चारण गर्नका लागि कुनै पनि समारोह तथा आजापुजाको खाँचो पनि पर्दैन, न त कुनै पवित्र समय र ठाउँकै जरुरत पर्दछ।Om-Namah-Shivaya_Ancient-Mantra-from-the-RigVeda

सांसारिक बन्धनबाट स्वतन्त्र छ यो मन्त्र, जसलाई जोकोहिले पनि उच्चारण गर्न सक्दछ। चाहे त्यो बालक होस् या वृद्ध, धनी होस् या गरीब- सबैको आत्मालाई शुद्ध बनाइदिन्छ यो मन्त्रले।

ऊँ नम: शिवाय लाई ‘पञ्चाक्षरी मन्त्र‘ पनि भनिएको पाइन्छ, जसको अर्थ हुन्छ- पाँच अक्षरको मन्त्र- , , शि, वा र । यी पाँच अक्षरले पञ्चभूत (जल, वायु, अग्नी, आकाश र धर्ती) लाई सङ्केत गर्ने पनि कतिपय ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ। ” ऊँ ” शब्द मन्त्रभित्र पर्दैन, यसले त केवल पवित्र सुरुवातको सङ्केत गर्दछ। मन्त्रलाई मन, मुटु र मस्तिष्कमा गुञ्जाउन मद्दत गर्दछ ‘ऊँ‘ ले। चित्तको अशुद्धतालाई निचोरेर यस पवित्र मन्त्रसँग घुलाउने उत्प्रेरक हो ‘ऊँ‘ ।Om Nama Shivaya 3D

हिन्दु धर्मका ग्रन्थहरूका अनुसार, त्रीमूर्तीदेव शिव आफ्ना भक्तहरूसँग छिट्टै नै प्रसन्न हुन्छन्। यदि शुद्ध मन र व्यभिचारले शिवको प्रार्थना गर्ने हो भने आफूले चाहेको पूरा गरिदिन्छन्। फेरि शिवलाई प्रसन्न गराउन यज्ञ, होम र पुजा गरिराख्नु पनि पर्दैन, मठमन्दिर पनि धाइराख्नुपर्दैन। आफ्नै मनमा निरन्तर ” ऊँ नम: शिवाय ” जपिराख्दा पनि हाम्रो आत्माबाट अशुद्धता पखालेर चेतनाको मार्गतर्फ लम्कन मद्दत हुने यजुर्वेदमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 378

प्रतिक्रिया (०)

सम्बन्धित खबर