Aamsanchar

पूर्वाञ्चलबासीको गौरब : प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव–२०७३

Author Image
शुक्रवार, पौष २२, २०७३

सुरेश खतिवडा

सुरेश खतिवडा
हामी सायद कमै होलाऊ जसले कुनै न कुनै तरिकाबाट महोत्सवको अवलोकन साथै मनोरञ्जन नलिएको होस् । हाम्रो टोल, हाम्रो गाऊँ, हाम्रो शहर सायद अछुतो छैन होला कुनै न कुनै प्रदर्शनी मेला र महोत्सव आयोजना गर्नबाट ।

हामी सायदै छुटेका हौंला आयोजक रहेर कुनै न कुनै महोत्सव सफलता पूर्वक सम्पन्न गर्न तर यो वर्ष २०७३ को माघ दोस्रो साता पूर्वाञ्गचलकै सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्यकर्मीहरुको स्वतस्फुर्त सहभागितामा यस्तो पृथक र नौलो महोत्सव “प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव” को आयोजना झापामा हुन गइरहेको छ जसले जन सरोकार र जन–स्वास्थ्यका हरेक पाटोमा स्वस्थ्यकर व्यवहार अपनाउन प्रोत्साहित गर्ने छ ।

हरेक सहभागिलाई सुरक्षात्मक, प्रबर्धनात्मक र उपचारात्मक पक्षहरुको बारेम केही न केही ज्ञानात्मक, भावनात्मक र क्रियात्मक पक्षहरुको परिवर्तनहरु अथवा बैज्ञानिक ढंगबाट सरल रुपमा स्वास्थ्य व्यवहार सिकाउने छ । यस सात दिनले बर्षेनी सञ्चालन भइरहने पर्यटन महोत्सवहरु, कृर्षि महोत्सवहरु, यातायात महोत्सवहरु, सुचना प्रविधिका महोत्सवहरु अनि अन्य आ–आफ्ना क्षेत्रगत महोत्सवहरुका लक्ष तथा उद्देश्यहरुलाई स्वास्थ्य शब्दसँग सम्बन्धित गराएर पस्किनेछ वा प्रतिविम्बित गर्नेछ ।

यस पहिलो महोत्सवले विशाल क्षेत्र ओगटेको शब्दका रुपमा ‘स्वास्थ्य’ लाई परिभाषित गर्नेछ । यस पहिलो स्वास्थ्य महोत्सवले ‘स्वास्थ्य’ शब्दको आयामहरुलाइृ केलाउने छ अनि व्यवहारिक जिवनसँग तुलना गर्दै विश्लेषण गर्ने छ । यसले “स्वस्थकर जिवन यापन” का तरिकाहरु र यसलाई व्यवहारिक कठिनाई उत्पन्न गराउने तत्वहरुको पूर्व सूचना दिने छः यो ‘पहिलो स्वास्थ्य महोत्सव’ यस्तो पहिलो महोत्सव हुनेछ जसमा व्यक्ति रोगबाट मुक्त भएको र शारीरिक रुपमा तन्दुरुस्त भए मात्र स्वथ्य रहेको हुँदैन उ त सामाजिक, मानसिक र मनोवैज्ञानिक रुपमा स्वस्थ रहनु पर्दछ ।

तब मात्र स्वास्थ्यको अर्थले पूणर्ता पाउदछ भन्ने पूर्व प्रमाणित तथ्यहरुलाई पुनः उजागर गर्दै स्वास्थ्यका धेरै आयामिक तथा थोरै प्रक्रियागत र कार्यात्मक उपागमहरुको वैज्ञानिक खोजी गरी त्यसलाई प्रस्तुत गर्ने छ । त्यसैले यो स्वास्थ्य महोत्सवले पहिलो र सफल स्वास्थ्य महोत्सवको इतिहास रच्ने छ ।
यसमा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष भूमिका रहने भएता पनि सामाजिक क्षेत्रमा चासो र सरोकार राख्ने सामाजिक अभियान्ता अर्थात सामाजिक स्वास्थ्यका पाटोलाई नियाल्ने स्वास्थ्यकर्मीहरु, राजनीतिक स्वास्थ्यका पाटोलाई हेर्ने राजनीतिकर्मीहरु र देशलाई स्वस्थ सुचना प्रदान गर्ने संचारमध्यामहरु अनि स्वस्थ्य विद्यार्थीहरु उत्पादन गर्ने शिक्षक तथा प्रधाध्यपकहरु सबैको उत्तिकै भूमिका हुनु पर्दछ किनकी यिनीहरुहरुको समन्वय कमि रहेको खण्डमा महोत्सवको उदेश्य अपुरो हुने हुन्छ ।
स्वास्थ्यको आयामिक उपागम अन्तर्गत धेरै केन्द्रित रहने गरी सञ्चालन गरिने यो महा महोत्सवले व्यक्ति शारीरिक मानसिक, सामाजिक, आध्यात्मिक, संवेगात्मक, पोषण, आर्थिक, शैक्षिक व्यवसायीक आयमहरुलाइृ समेट्ने छ । शारीरिक आयाम अन्तर्गत शारीरिक तन्दुरुस्ति र रोगको पक्षलाइृ महोत्सवले समेट्ने छ । यहाँ व्यक्तिको स्वास्थ्य स्तर पत्ता लगाउन प्रयोगशाला परिक्षण सहितको विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुको पूर्व जानकारी सहित उपस्थिति रहने छ भने विदेशमा समेत ख्याति कमाएका र विशेषज्ञता हासिल गरेका विज्ञहरुको सेवा प्रदान हुनेछ ।

बृद्धाबृदाहरुमा उमेरका हिसावले लाग्ने रोगहरु सम्बन्धी विशेषज्ञता हासिल गर्नु भएका जेरियाटिक फिजीसीयन अथवा जेरियाटिक इस्पेसियालिस्ट यस महोत्सवको मुख्य आर्कषण हुने छ । महोत्सवले समाजमा लुकेर बसेका रोगहरु, नभ्याएर र नजचाएर पत्ता नलागेका रोगिहरुको चरणवद्ध पहिचान गर्ने छ । शारीरिक स्वास्थ्य परीक्षणको पाटोलाई प्रभावकारी बनाउन चिनीरोग(सुगर) उच्चरक्तचाप (प्रेसर), यौनरोगहरु थाइराइड, क्यान्सर जस्ता रोगहरुको परामर्श वा सूचना प्राप्त गर्न सक्ने डेस्कहरु स्थापना हुनेछन जोे सातै दिन सक्रिय रुपमा संचालन हुने छ ।
महोत्सवले सामाजिक अस्वस्थताको उजागर गर्दै विविध सुधार विधिहरु प्रस्तुत गर्ने डकुमेन्टरीहरु प्रस्तुत गर्ने छ । स्वास्थ्य सन्देश मुलक सामाजिक परिवेश समेटेर नाटकहरु रचिने छन् । साना साना भूमिका निर्वाह गरी सामाजिक स्वास्थ्य सुधारका प्रयासहरु गरिने छन् । पेशागत सुरक्षा पेशागत स्वास्थ्य जटिलताहरु, पेशागत शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरु, मनोवैज्ञानिक असरहरुका बारेमा कलात्मक प्रस्तुति हुनेछन् तथा प्रष्ट्याउने कार्य गर्नेछ ।
यस महा महोत्सवले स्वास्थ्यका लागि मनोरञ्जन, स्वस्थ तरकारी तथा कृषि उत्पादन स्वस्थ संचार माध्यम, स्वस्थ राजनीति, स्वस्थ पर्यटन, स्वस्थ यातायात, स्वस्थ्य वैदेशिक रोजगारी स्वास्थ्य प्रशासनिक ब्यबस्था, स्वस्थ विद्यालय, स्वास्थ्य निर्माण प्रक्रिया, स्वस्थ्य सामाजिक कार्यकर्ता, स्वस्थ्य पर्यटन, स्वस्थ्य व्यापार जस्ता विषयवस्तुहरु राखी सम्बन्धित व्यक्तित्वहरुसँग छलफल गरी निष्कर्ष निकाल्ने छ र आ–आफ्नो क्षेत्रलाई स्वस्थकर बनाउन प्रतिवद्ध गराउने छ । यस्ता जन सरोकार र जन स्वास्थ्यसँग सम्बन्धित विषयवस्तुहरु प्रतिको निरन्तर अन्तरक्रिया र छलफल महोत्सव अवधिभरका प्रमुख आकर्षण हुनेछन् ।

यस महोत्सवले फैलिरहेको अस्वस्थकर व्यवहारहरु जस्तै अत्याधिक विसादी प्रयोग, मातृ शिशु तथा प्रजनन स्वास्थ्य सम्बन्धित खराब व्यवहारहरु, यौन दुराचार, मादक पदार्थ तथा लागु औषध प्रयोग, बाल मानसिक स्वास्थ्यको बेवास्ता, पारिवारिक स्वस्थ सम्बन्ध इत्यादीका बारेमा यस महोत्सवले छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रमहरु राखेर अगाडि बढ्ने भएको हुँदा यस महोत्सवले व्यक्तिको ज्ञान, धारणा र व्यवहारमा परिवर्तन ल्याई एक स्वस्थ र स्वच्छ नागरिक रहेको परिवार स्वच्छ परिवारहरु भएको समाज अनि स्वच्छ, स्वस्थ अनि सन्तुलित समाजहरु अथवा स्वास्थ्यको भरिभाषा पूर्ण गर्ने समाजहरु रहेको राष्ट्र निर्माणमा पक्कै पनि सहयोग पु¥याउने छ ।
‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ जहाँ एक व्यक्तिले स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिज्ञासा कौतुहलता अनि आफ्नो मनमा उब्जिएको प्रश्नहरुको समाधान पाउने छ । कुनै रोगको बारेमा भएको जिज्ञासा तुरुन्त स्वम् सेवकका रुपमा उपस्थित स्वास्थ्यकर्मी मार्फत जानकारी पाउने छ भने चाहेको खण्डमा शरीरको परीक्षण गरी नेपाली तथा विदेशी कम्पनीहरुबाट सहयोग स्वरुप प्राप्त औषधी समेत निःशुल्क प्राप्त गर्ने छ साथै आफ्नो स्वास्थ्यको स्तर थाहा पाउने छ ।
यो प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव हामी पूर्वाञ्चलबासी माझ हुन गइरहेको छ त्यस भन्दा पनि माथी झापामा जसलाई हामीले हाम्रो गौरब प्रतिष्ठा र चुनौति मानेर सफल बनाउन जरुरी छ । हामी स्वास्थ्यकर्मीहरु आ–आफ्नै स्थानबाट स्वास्थ्य सेवा प्रदान गरीरहेका भए पनि यो मानेमा गौरव गरौं की हामी कार्यरत क्षेत्रको नाममा पहिलो पटक महोत्सव आयोजना हुँदैछ । हामी यो अर्थमा गौरव गरौं की हामीले आफ्ना आमा दिदीहरु, काकाकाकीहरु, हजुरआमाहरु अनि नानीहरु र उसका साथीहरुलाई आफ्नै पहलमा स्वस्थकर जिवन यापनका पाटोहरु सिकाउँदैछौं, उपचार गर्दैछौं, निःशुल्क औषधी सहित, स्वास्थ्य शब्द परिभषित गर्दैछौं अनि आत्मसन्तुष्टि लिँदै छौं ।
महोत्सव वा कार्यक्रमको संयोजन जुन सुकै पार्टीले वा समुहले आयोजना गरेको किन नहोस् यसको अवधारणालाई सम्मान गर्नै पर्छ । अरुमा पनि यस्तै नयाँ सोच र योजनाहरुको प्रस्फुटन होस भन्ने कामना साथ प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव हामी पूर्वाञ्चलबासीको एक गौरब त हुँदै हो त्यहाँ कार्यरत संचार माध्यमहरु, डाक्टरहरु, एच.ए.हरु, सि.एम.ए.÷अ.हे.ब.हरु, स्टाफ नर्सहरु, अनमीहरु, निजी क्लिनिक तथा अस्पतालहरु, औषधी व्यवसायहिरु, औषधी कम्पनीहरु, स्वास्थ्यसँग सम्बन्धित तथा असम्बन्धित सामाजिक संघ संस्थाहरु यस महोत्सवलाई सफल बनाउन एक पटक आफ्नो भूमिका आफैं निर्माण गरी अगाडी बढ्नु पर्ने भएको छ । यस अवधिभर व्यक्तिगत वा संस्थागत रुपमा आफु प्रस्तुत भएर सामाजिक रुपमा स्वास्थ्य रहेको प्रमाण पेश गर्ने बेला आएको छ ।

यसलाई वृहत र सबैको पहुँच पुग्ने बनाउन सबै पक्षबाट आजैबाट दिनमा एक पटक भएपनि चासो दिने समय आएको छ । हामी यस अर्थमा पनि यस राष्ट्रिय महोत्सवमा सहभागि बनौं कि पश्चिमको साथीसँग पहिलो परिचय दिँदा ‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ आयोजना भएको क्षेत्र भनेर उसलाई गर्व साथ भन्न सकियोस् । एक समाजलाई मात्र हैन सिंगो देशलाई नै अनि विश्वलाई नै स्वास्थ्यको प्रकाश फैलाउने नमुना बनेको ‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ को आयोजन ा गर्ने स्थान भनेर चिनाउन सकियोस् ।

[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर