Aamsanchar

आजको राशिफल – मिति बि.सं. २०७३ साल पौष २४ गते आईतबार

Author Image
आइतवार, पौष २४, २०७३

आजको राशिफल – मिति बि.सं. २०७३ साल पौष २४ गते आईतबार तदानुसार इश्वी सन् २०१७ जनवरी ८ तारीख – पौष शुक्ल पक्ष
श्री शाके १९३८ बि.सं. २०७३ साल पौष २४ गते आईतबार तदानुसार इश्वी सन् २०१७ जनवरी ८ तारीख – पौष शुक्ल पक्ष एकादशी तिथी २६ : १४ बजे सम्म चन्द्रमा मेष राशीमा १५ : ३० बजे सम्म सूर्य दक्षिणायनं हेमन्त ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकम )
मेष राशि
मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । सामान्य खर्चको योग रहेको छ ।
बृष राशि
सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । शत्रु सबल रहने छन् । मध्यान पश्चात भने समय उत्तम रहने छ ।
मीथुन राशि:
आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नजिकका ब्यक्ति हरुबाट बिश्वास घात हुन सक्छ । शारीरिक आलस्यातले गर्न लागेको काममा सामान्य असर हुनसक्छ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ ।
कर्कट राशि:
मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ ।
सिंह राशि:
हराएको माल सामान फेला पर्न सक्छ । मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा कारक दिन रहनेछ । मध्यान पश्चात मान्यजन संग को भेटघाट ले मन प्रशन्न रहला ।
कन्या राशि:
सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउने छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
तुला राशि:
परीवार बिचको सामान्य खटपट मध्यान पश्चात समाप्त हुने छ । शारीरिक अस्वस्थताको सिकार हुने योग रहेको छ । आफ्नो कठोर बाणिका कारण नजिकका मित्रजनहरु रुष्ट रहनाले मनमा सामान्य ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।
बृश्चिक राशि:
कुराकाट्ने ब्यक्तिहरुको कारण दाम्पत्य शुखमा केहि खटपट रहनसक्छ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला ।
धनु राशि:
आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । शत्रु सबल रहलान । बिद्या तथा सन्तान शुख प्राप्ति योग रहेकोछ । आम्दानि क्षेत्र भने मध्यम रहनेछ ।
मकर राशि:
आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । मान्यजनको साथ प्राप्त हुनेछ ।
कुम्भ राशि:
आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा असर रहन सक्छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला । पारीवारिक मेल मीलाप बढ्नेछ । नयाँ मित्र प्राप्ति हुन सक्छन् ।
मिन राशि:
आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काम सफल रहनेछ । चिसोको कारण स्वास्थमा सामान्य असर सहनु पर्ला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । । आँट र शाहासको बृद्यि हुनेछ ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, चैत १२, २०८०
होली किन मनाइन्छ ?
आइतवार, चैत ११, २०८०