Aamsanchar

बिर्तामोडमा पुस्तक प्रर्दशनी हुँदै

Author Image
मङ्गलवार, पौष २६, २०७३

download (2)
बिर्तामोड,पुस २६ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पुस २९ गतेदेखि ९ दिने वृहत पुस्तक प्रर्दशनी हुने भएको छ ।
प्रेरणाका लागि पुस्तक भन्ने मूल नारासहित डिकुरा पब्लिकेशनले वृहत पुस्तक प्रर्दशनी गर्न लागेको आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो । पत्रकार सम्मेलनमा पब्लिकेशनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले मोफसलमा पहिलो पटक पुस्तक प्रर्दशनी गर्न लागिएको बताउनुभयो । यस अघि काठमाडौंमा आठ पटक प्रर्दशन भएको समेत पत्रकार सम्मेलनमा बताउनुभयो । पछिल्लोसमय पाठक, लेखक र प्रकाशकबीच समन्वयात्मक भूमिक निर्वाह गर्ने प्रर्दशनी नभएका कारण कस्ता पुस्तक पठकले रुचाएका छन् र कस्ता लेखकका कृति उत्कृष्ठ छन् भन्ने ज्ञान हुन नसकेको उहाँको भनाई थियो । पुस्तक प्रेरणाको श्रोत भएको र पुस्तक पढ्ने वानीको विकास गरे व्यक्तित्वको समेत विकास हुने भएकाले पुस्तक पढ्न आवश्यक रहेको बताउनुभयो ।
नेपालका प्रसिद्ध साहित्यकार, लेखक, उपन्यासकार लगायतका कृति पुस्तक प्रर्दशनीमा राखिने प्रसाईले बताउनुभयो । पुस्तक प्रर्दशनीको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गर्ने र उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद वराल, प्याप्सन, एन प्यावसनका पदाधिकारीको समेत सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस्तक प्रर्दशनीमा १५ देखि ३५ प्रतिशतसम्म पुस्तकमा छुट दिइने बताइएको छ । पुस्तक प्रर्दशनीमा देशी विदेशी लेखका एक सय भन्दा बढी प्रकाशन संस्थाहरुको सहभागीता रहने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)