Aamsanchar

आजको राशिफल – मिति बि.सं. २०७३ साल पौष २७ गते बुधबार

Author Image
बुधवार, पौष २७, २०७३

आजको राशिफल – मिति बि.सं. २०७३ साल पौष २७ गते बुधबार,तदानुसार इश्वी सन् २०१७ जनवरी ११ तारीख – पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

आज श्री शाके १९३८, बि.सं. २०७३ साल पौष २७ गते बुधबार तदानुसार इश्वी सन् २०१७ जनवरी ११ तारीख : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस – पौष शुक्ल चतुर्दशी तिथी, १९:३२ बजे सम्म चन्द्रमा मिथुन राशिमा, सूर्यमा दक्षिनायनं हेमन्त ऋतु (ज्यो. प. सरोज घिमिरे

मेष राशि
पराक्रम बढ्ने यो रहेको छ । दाजु-भाई तथा मित्रजनहरुको साथ सहयोग प्राप्त हुनेछ । सामान्य यात्रा हुने योग रहेको छ । खुट्टा तान्ने ब्याक्तिहरुबाट बच्नु पर्ने छ । नयाँ लगानिमा बिशेष ध्यान दिनुहोला ।
बृष राशि
खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । आफन्त जनबीचको भेटघाटले मन प्रशन्न रहला । साझेदारी काममा हात नहालेकै बेश हुनेछ । बोलीको समान्य असरले कुलकुटुम्बसंगको सम्बन्ध खराब रहला ।
मीथुन राशि:
पारिवारीक झोर-झमेलाले सताउन सक्छ । मनमा आँट र शाहसको कमी हुनाले गर्न लागेको काममा सामान्य असर रहला । दाम्पत्य जीवन सुखमय बित्नेछ । साधारण चोटपटकको सामना गर्नुपर्ला । नजिकका ब्याक्तिहरुबाट धोका हुनसक्छ ।
कर्कट राशि:
साधारण खर्च हुने योग रहेको छ । मित्रजनहरुका निम्ती केहि लगानी गर्नुपर्ने समय रहेको छ । तपाइबाट अरु ब्याक्तिहरुले फाईदा लिन सक्छन । दाम्पत्य सुखमा केहि बाधा रहन सक्छ । मनमा सामान्य चिन्ताले बास गर्ने छ ।
सिंह राशि:
मनमा सामान्य डर रहेतापनि आम्दानिका स्रोतहरु मनग्य फेला पर्नेछन । साझादारी काममा भने हात नहालेकै बेश हुनेछ । बोलीमा मधुरताले छाउने छ । बौदिक ब्याक्तित्वसंगको भेटघाटको योग रहेको छ । समय मध्यम रहनेछ ।
कन्या राशि:
सामान्य काममा धेरै परिश्रम र खर्च गर्नु पर्ने छ । मान्यजनहरुको साथसहयोगले मन प्रशन्न रहला । पारिवारिक मनोरन्जनको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । समग्रमा दिन मध्यम रहने छ ।
तुला राशि:
यात्रा कष्टकर रहला । मित्रजनहरुको भर पर्नाले सामान्य अप्जस सहनु पर्ने छ । सामान्य धन मालको क्षति हुनसक्छ सजग रहनुहोला । सवारी साधनको प्रयोगमा ध्यान दिनुहोला । आँट र शाहसमा कमी आउने छ ।
बृश्चिक राशि:
निर्णय गर्ने क्षमतामा बृदि हुनेछ । साधारण चोटपटक हुन सक्ने सम्भाबना रहेको छ । बोलीको प्रभाब रहन सक्छ । मित्रजनहरुको पूर्ण विश्वास नगरेकै बेशहुनेछ । सामान्य आम्दानि भए पनि स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ला ।
धनु राशि:
ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । दाम्पत्य सुख प्राप्त हुनेछ । मन प्रशन्न रहला । मान्यजनहरुको साथ सहयोग प्राप्त हुने छ । श्रम र परिश्रमको कदर हुने समय रहेको छ ।
मकर राशि:
खुट्टा तान्ने तथा कुरा काट्ने ब्याक्तिहरुबाट बच्नुपर्ने छ । सामान्य धनमालको क्षति हुने सम्भाबना रहेको छ । यात्रामा सामान्य झन्झट ब्यहोर्नु पर्ला । गरिरहेको कामको क्षेत्रमा त्यति मन नलाग्ला । स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ ।
कुम्भ राशि:
विधा क्षेत्रमा आलस्यताले सताउने छ । भोग विलासमा सनय व्यतित रहला । साधारण चोटपटकको सामना गर्नु पर्ला । सन्तानको निम्ती साधारण खर्च हुन सक्छ । दिन त्यति राम्रो देखिदैन ।
मिन राशि:
सवारी साधनको प्रयोग गर्दा बिशेष ध्यान दिनुहोला । पारिवारिक कलहको सम्भाबना रहको छ । मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा सामान्य चिन्ता रहने छ । आय आर्जनको क्षेत्र भने समय राम्रो रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर