Aamsanchar

यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

Author Image
बिहिवार, पौष २८, २०७३

निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका लागि, हाम्रा छरछिमेक, कामधन्दा र वातावरणले जुन प्रभाव पार्छ, त्यही हामीले सुतेका बेला सपनाका रुपमा देख्छौँ।

तर क्यालिफोर्नियास्थित बर्कले विश्वविद्यालयका द ग्र्याजुएट युनियन अफ थियोलजीका अतिथि स्कलर तथा सपना खोजकर्ता केली बलुकेलाई तपाईंले सामान्यतयाः देख्ने गरेका सपनामा कुनै चासो छैन। उनलाई त देखिएका सपना जो बिहान पनि तपाईंलाई ताजै स्मरणमा रहन्छन्, ती सपनाप्रति चासो छ।

हुन पनि उनलाई सानैदेखि हामीले धेरै सपना बिर्सन्छौँ तर किन केही निश्चित सपना भने स्मरणमा रहिरहन्छन् भनी सोच्थिन्। त्यसैले उनले आफ्नो शोधको विषय पनि यसैलाई बनाइन्। बिबिसीसँगको कुराकानीमा उनले भनिन्, ‘सानैदेखि मलाई सपनाले विस्मित तुल्याउँथे। मैले ठूलो भएपछि तिनै सपनामाथि शोध गर्ने विचार गरेँ। र, मैले हामीले देख्ने सपनामध्ये पनि किन केही विशेष किसिमका सपना मात्र याद रहन्छ भनी शोध गरेँ।’

बलुके जसै युवावस्थामा प्रवेश गरिन्, उनलाई बारम्बार केही सपना दोहोरिन थाल्यो। आखिर किन यस्तो हुन्छ भनेर शोध गर्न तिनै दोहोरिइरहने सपनाले प्रेरित गरे। यसपछि त सपनाको संसारमा हुने गरेका सबै कुरा जान्ने हठ नै गर्न थालिन्।

यसपछि उनले संसारभरिका स्वप्नजीवीहरुका सपनाका प्रकार, तिनको स्मरणजस्ता कुराहरु केही वर्षभित्रै डाटाबेस तयार पारिन्। उनले अमेरिका, बेलायत र संसारभरिका मानिसहरुको सपनाको डाटाबेस भेला पारिन्।

भेला भएका तथ्याङ्कहरुको आँकडा अध्ययनपछि निष्कर्ष निकालिन्, वास्तवमा मानिसले चार किसिमका सपना बिहान हुञ्जेलसम्म बिर्सदैनन्। उनले ती नबिर्सने किसिमका सपनालाई ‘ठूला सपना’ (बिग ड्रिम) भनी नामकरण गरिन्।

बुलेकका अनुसार यी तार सपना मानिसले कहिल्यै बिर्सदैनन्। ती सपना र त्यसको अर्थका बारेमा पनि उनले पत्ता लगाएको दाबी गर्छिन्।

१. तल झर्नुः अग्लो ठाउँबाट तल झर्ने सपना मानिसले बारम्बार देख्ने गर्छन्। हावामा उड्ने तुलनामा यो निकै बढी हुन्छ। तल झर्नेबित्तिकै झस्याङ्ग हुने र कोही त निद्राबाटै ब्युँझने पनि गर्छन्।

२. यौनिकताको अनुभूतिः अध्ययनअनुसार सपनामा कसैसित यौन सम्बन्ध राखेको खण्डमा बिहान चाँडै बिर्सिइन्न। विशेषगरी यौन सम्बन्ध राखेको सपना पुरुषले बढी देख्ने गर्छन् र महिलाले निकै कम। (अध्ययनमा सामेल भएका ८५ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले यस किसिमको सपना देख्ने गरेको स्वीकारेका थिए।)

३. विद्यालय, विद्यालयका शिक्षक र पठनक्रियाः निकै कम विद्यालय जाने अनुभव भएका व्यक्तिहरुले सपनामा विद्यालय, विद्यालयका शिक्षक र पठनपाठन अथवा विद्यालयको भवन वरिपरिको वातावरण सपनामा देख्ने गरेका छन्। वास्तवमा यो सपना त मानिसले कैयौँ वर्षसम्म स्मरणमा राखिरहेको पाइएको छ।

४. कसैको आक्रमण, कसैले दिएको दुःख आदिः डरलाग्दा सपना प्रायः बालबालिकाले देख्ने गर्छन्। यस्ता डरलाग्दा सपना उनीहरुले जीवनभर बिर्सदैनन्।

बुलेकका अनुसार, सपना देख्ने कुरा नितान्त निजी र व्यक्तिगत अनुभव हो तापनि संसारभरिका मानिसले सपना देख्ने तौरतरिका लगभग उस्तै नै हुन्छ। उनी भन्छिन्, ‘तपाईं–हामी मात्र होइन, हजारौँ वर्षदेखि मानिसले सपना देख्दै आइरहेको छ। बेग्लाबेग्लै संस्कृति र बेग्लाबेग्लै परिवेशमा रहिबसिआएका मानिस, बेग्लाबेग्लै इतिहास र कालखण्डमा मानिसले सपना देख्ने गरेका छन्। देखिएका सपनाका आधारमा राम्रो हुने आशा र नराम्रो घटना घट्ने आशंका मानिसमा पहिल्यैदेखि रहँदै आएको छ र यस किसिमको अपेक्षाले अहिलेसम्म मानिसलाई छाडेको छैन।’

बुलेकका अनुसार, सपना देख्ने अधिकांश मानिसले खराब सपना देख्यो भने वास्तविकतामा पनि नराम्रो नै हुने सम्भावना बढी हुन्छ। उनी भन्छिन्, ‘सपना देख्ने कारण बेग्लाबेग्लै हुन सक्छ तर मानिसका रुपमा महसुस गरिने अनुभव भने एकै किसिमको हुन्छ।’बिबिसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर