Aamsanchar

उच्च अदालतका न्यायाधीशको टुंगो लाग्यो, रातारात ८० जना नियुक्त

Author Image
शुक्रवार, पौष २९, २०७३

काठमाडौं :

lok-adalat

लामो समयको रस्साकस्सीपछि उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति भएको छ।

प्रधानन्यायाधीश सुशीला कार्कीको निवास बालुवाटारमा बसेको न्यायपरिषद्को बैठकले शुक्रबार बिहान उच्च अदालतका ८० न्यायाधीशको टुंगो लगाएको हो।

बैठकमा प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजय शंकर नायक र परिषद्का सदस्य  पदम वैदिक सहभागी थिए। न्यायाधीशहरूको टुंगो लगाउन बिहीबार रातिदेखि नै बैठक बसेको हो।

बैठक न्यायपरिषद्का सदस्य रामप्रसाद सिटौलाले बहिष्कार गरेका थिए भने वरिष्ठतम् न्यायाधीश बैजनाथ उपाध्यायले शुक्रवारदेखि अवकास हुने भएकाले उपस्थित हुन असमर्थ रहेको जानकारी गराएका थिए।

यसअघि पटक पटक बसेको बैठकले न्यायाधीशहरूको नाम सिफारिस गर्न सकेको थिएन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर