Aamsanchar

निर्माण व्यवसायी संघ झापालाई महासंघको सम्मान

Author Image
शनिवार, माघ १, २०७३

nirmaan b sangh jhapa
बिर्तामोड ।
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी संघ झापालाई निर्माण व्यवसायीको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।
महासंघले रजत जयन्ती समारोहको अवसरमा गरेको सम्मान पत्र महासंघका केन्द्रीय सदस्य ऋषिराज जोशी र पूर्वाञ्चल निर्माण व्यवसायी महासंघका अध्यक्ष मोहनप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमकाबीच संघका जिल्ला अध्यक्ष मिलन बस्नेतलाई हस्तान्तरण गरे ।
कनकाई नगरपालिकाको धनुषकोटीधाम परिसरमा भएको कार्यक्रमका प्रमुख अतिथि रहेका महासंघका पूर्वाञ्चल अध्यक्ष अधिकारीले निर्माण व्यवसायको क्षेत्रमा झापा मुलुकमै अग्रणी रहेको भन्दै झापाले पूर्वमै अभिभावकको भूमिका खेल्न सक्नुपर्नेमा जोड दिए ।
निर्माण व्यवसायी संघ झापाले महासंघ गठनदेखि व्यवसायिक मर्यादा उच्च बनाउन खेलेको भूमिकाको कदरस्वरुप महासंघले सम्मान गरेकोमा संघका अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।
निर्माण व्यवसायी संघ झापाले पनि स्थापनाको २५ वर्ष पूरा गरेको छ । झापाका निर्माण व्यवसायीलाई संगठित गराइ व्यवसायिक, पेशागत हकहित संरक्षण तथा निर्माण व्यवसायको प्रवद्र्धनका लागि पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै महासंघले झापा शाखालाई गरेको सम्मान स्मरणीय रहेको कार्यक्रमका वक्ताहरुले बताए ।

yekraj giri press


कार्यक्रममा महासंघका पूर्वाञ्चल क्षेत्र उपाध्यक्ष सुरेश सुवेदी, संघका झापा निवर्तमान अध्यक्ष दीपेन्द्र पोखरेल, पूर्व अध्यक्ष गणेश बस्नेत, पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जवाफदेहीतासहितको निर्माण कार्यलाई व्यवसायीले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । पेशालाई मर्यादित बनाउनुपर्ने बताउँदै संघका अध्यक्ष बस्नेतले सम्मानले थप जिम्मेवारीको बोध भएको बताए ।
उक्त अवसरमा संघका प्रेस सल्लाहकार समेत रहेका पत्रकार महासंघ झापाका सचिव गिरीलाई पनि सम्मान गरिएको थियो । संघका महासचिव ओम पौडेलले सञ्चालन गरेको कार्यक्रममा सचिव योगेन्द्र खड्काले स्वागत गरेका थिए ।
कार्यक्रममा निर्माण व्यवसायलाई मर्यादित बनाउनका लागि संघले विभिन्न अभियान सञ्चालन गर्ने बारेमा समेत जानकारी गराइएको थियो । यसअघि महासंघले दीपेन्द्र पोखरेल नेतृत्वको कार्यसमितिलाई गतवर्ष देशकै उत्कृष्ट जिल्ला संघको रुपमा पुरस्कृत गरेको थियो ।
कार्यक्रममा अग्रज निर्माण व्यवसायी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि र जिल्लाका निर्माण व्यवसायीको उल्लेख्य उपस्थिति थियो । भर्खरै निर्वाचित मिलनकुमार बस्नेत नेतृत्वको वर्तमान कार्यसमितिलाई सो अवसरमा महासंघ पूर्वाञ्चल समितिको तर्फबाट सम्मान तथा स्वागत समेत गरिएको थियो ।सो अवसरमा महासंघ पूर्वाञ्चल समितिको तर्फबाट सम्मान तथा स्वागत समेत गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)