Aamsanchar

कांग्रेसका दुई सांसदद्वारा संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने घोषणा

Author Image
शनिवार, माघ १, २०७३

रुपन्देही,

nc nepali congros

नेपाली कांग्रेसका दुई जना सांसदले संसदमा टेबल भएको संविधान संशोधनको प्रस्ताव विरुद्ध मतदान गर्ने घोषणा गरेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा गुल्मी क्षेत्र नम्बर २ का सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र रोल्पा क्षेत्र नम्बर २ का सांसद एवं रोल्पाका पार्टी सभापति अमरसिंह पुनले राष्ट्रियता जोगाउन र नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफ्नै पार्टी सहभागी सरकारले दर्ता गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने बताउनु भएको हो ।

कार्यक्रममा नेता भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाउनका लागि भएपनि संविधान संशोधन प्रस्ताव असफल हुनुपर्ने बताउनुभयो ।

उहाँले अहिले कै रफ्तारमा अंगिकृतलाई नागरिकता दिने हो भने पाँच वर्षपछि नेपालको भविष्य नै संकटमा पर्ने बताउनुभयो । सांसद अमरसिंह पुनले राष्ट्रिय अखण्डताका लागि संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)