Aamsanchar

मालतीको ‘मोरङ बेलबारी’ बजारमा

Author Image
शनिवार, माघ १, २०७३

[अनिल वाग्ले]

झापा।
पूर्वेली गायिका मालती राईले ‘मोरङ बेलबारी’ बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । पथरी मोरङकी गायिका राईले हालै यो म्यूजिक भिडियो बजारमा ल्याएकी हुन् । संगीतको क्षेत्रमा चर्चा बटुल्टै गरेकी गायिका मालती राईले पछिल्लो समयमा एक पछि अर्को गर्दै म्यूजिक भिडियो सार्वजनिक गरिरहेकी छिन् । पेशाले व्युटिसियन उनी संगीत क्षेत्रमा लागेको लामो समय भईसकेको छ ।

टिका चाम्लिङको शब्द, मनोज साङसमको संगीत, विष्णु अधिकारीको एरेन्ज रहेको सो गीतमा माया प्रेममा चुर्लुम्म डुवेको भावलाई शब्द र संगीतले सजाइएको छ । नेपाली कल्चरलाई विशेष प्राथमिकता दिएर छायाँकन गरिएको म्यूजिक भिडियो सबैको मन छुने खालको रहेको राईले बताएकी छिन् । सो म्यूजिक भिडियोलाई राकेश राइले निर्देशन गरेका छन् ।

४ महिना अगाडि उनले ‘मेरो भाव’ गीति एल्वम सार्वजनिक गरेकी थिइन् । त्यही एल्वममा समावेश गरिएको ‘माझी नै हो …’ बोलको गीतको म्यूजिक भिडियो केही महिना अगाडि सार्वजनिक गरेकी थिइन् ।
यु टुबमा यो लिङ्कबाट हेर्न सकिन्छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर