Aamsanchar

पूर्वी नाकाबाट २७ अर्बकाे वस्तु निर्यात

Author Image
शनिवार, माघ १, २०७३

विराटनगर:

151211165056_nepal_blockade_sonauli_border_truck_driver_640x360_getty_nocredit

नेपालको पूर्वी नाकाबाट गत आर्थिक वर्षमा भारतलगायत तेस्रो मुलुकमा २७ अर्बको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात भएका छन्।

सोमध्ये भारततर्फ २३ अर्ब २७ करोड ९९ लाख १३ हजार ७११ मूल्य बराबरको अर्थात ८७ प्रतिशत र तीन अर्ब ४८ करोड ५८ लाख ७३ हजार १६२ मूल्य बराबरको अर्थात करिब १३ प्रतिशत तेस्रो मुलुकमा वस्तु निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख कृष्ण रेग्मीले जानकारी दिए।

सो अवधिमा चार अर्ब ५९ करोड ६३ लाख २२ हजार २४ बराबरको ठूलो अलैंँची, चार अर्ब ७९ लाख ९८ हजार ४६६ मूल्य बराबरको फलाम र फलाम निर्मित वस्तु निर्यात भएको छ भने दुई अर्ब ८५ करोड ७८ लाख ९ हजार ७८४ मूल्य बराबरको कपडाको धागो र दुई अर्ब ८३ लाख ९१ हजार ९५६ मूल्य बराबरका तयारी कपडा निर्यात गरिएको छ।

यसका साथै दुई अर्ब २२ करोड आठ लाख चार हजार ७८१ मूल्य बराबरको चिया निर्यात गरिएको छ। पूर्वी क्षेत्रमा उत्पादित चियामा खासगरी अर्गानिक चिया तेस्रो मुलुकमा बढी निर्यात हुने गर्दछ। चियाको भारत पनि ठूलो बजारको रुपमा रहेका छन्।

एक अर्ब, ९४ करोड ९१ लाख ७७४ मूल्य बराबरको जुटको धागो र एक अर्ब ९१ करोड ८६ लाख ४० हजार ५६० मूल्य बराबरको जुटबाट निर्मित बोरा वा झोला निर्यात भएको हो। यसका साथै, ९३ करोड १० लाख ३५ हजार ३३१ मूल्य बराबरका ताम्बा तथा सोबाट निर्मित वस्तु, ३२ करोड ७८ लाख ४५ हजार ७६० मूल्य बराबरका प्लास्टिकका वस्तु, ५६ करोड ४४ लाख तीन हजार ८३७ मूल्य बराबरका तयारी पोसाक, ५४ करोड ७२ लाख ४५ हजार ६१६ मूल्य बराबरका चोकर, ४७ करोड ६८ लाख २९ हजार २८३ मूल्य बराबरका चाउचाउ निर्यात गरिएको हो।

त्यसैगरी, ४७ करोड १९ लाख २१ हजार ७०५ मूल्य बराबरका छाला तथा छालाका वस्तु, २० करोड ६७ लाख ७३ हजार ४९५ मूल्य बराबरका पशु, १३ करोड ५२ लाख १२ हजार ४८९ मूल्य बराबरको अम्रिसो र ११ करोड १९ लाख २२ हजार २४० मूल्य बराबरको गलैंचा र जनावरका कपाल निर्यात गरिएको छ।

यसबाहेक तीन अर्ब १४ करोड ९९ लाख ६ हजार ७४८ मूल्यका विभिन्न प्रकारका वस्तु निर्यात भएका छन्। भारतबाहेक बङ्गलादेश, टर्की, अमेरिका, इटाली, चीन, भुटान, क्यानाडा, भियतनाम र बेलायतलगायतका मुलुकमा वस्तु निर्यात हुने गर्दछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)