Aamsanchar

युएईमा उद्योग तथा व्यवसायी विभाग गठन

Author Image
आइतवार, माघ २, २०७३

भरत शिवाकोटी

   [युएई]uae1

युएईमा रहेको नेकपा एमालेको जन संगठन प्रवासी नेपाली मञ्च युएईले  आफ्नो पार्टी निकट रहेका उद्योग व्यवसायीहरुलाई एकत्रित गर्दै गत शुक्रबार १३ जनवारी २०१७ का दिन युएईमा उद्योग तथा व्यवसायी विभाग गठन गरेको छ ।

नेकपा एमाले प्रदेश नं. १ का संयोजकतथा उद्योग व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष एल.पी साँवा लिम्बुको प्रमुख उपस्थितीमा विशेष भेला मार्फत विभाग गठन भएको प्रवासी मञ्च युएईका अध्यक्ष श्याम कडेलले जानकारी दिएका छन।

नव गठित विभागकोसंयोजकमा हेमलाल गौतम रहेका छन भने सह-संयोजकमा कलाधर कडेल, सचिवमा सालिक के.सी रसदस्यहरूमा क्रमशः तारापति सुवेदी, सूर्य गिरी, दीपक पाडैल,कृष्ण प्रसाद भट्टराई, दिपा पाण्डे, प्रवीण पोखरेल,मीन नारायण श्रेष्ठ,नेत्र शर्मा, लेखनाथ न्यौपाने, गोपी भुषाल, दीपक बस्याल र शान्तराज बसौलचयन भएका छन । विभागले आगामी फेब्रुअरी २०१७ मा संगठन विस्तार गर्ने जानकारी प्राप्त भएको छ ।

प्रदेश नं. १ का विभिन्न स्थानहरुमा एमाले निकट रहेका उद्योगव्यवसायीहरुको विभाग निर्माण गरेर युएई पुगेका एमाले नेता लिम्बुले परिस्थिति अनुकुलप्रवासमा रहेर काम गरिरहेका एमाले निकटनेपालीउद्योग व्यवसायीहरुलाई देश र पार्टी प्रति थप वफादार रहदै जिम्मेवार बनाउने उदेश्यले विभाग निर्माण गरिएको जानकारी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर