Aamsanchar

कृषिले सुरु ग¥यो टोल ‘फ्रि’–सेवा

Author Image
आइतवार, माघ २, २०७३

तेह्रथुम।

kishan

जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ ।

कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको सजिलोका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो ।

किसानले फोन गर्दा पैसा नलाग्ने हुँदा आफ्नो खेतीबालीमा सामान्य प्रकृतिका रोगकीरा नियन्त्रणका लागि २४ सै घन्टा प्राविधिकसँग सम्पर्क गर्नसक्ने कार्यालयले जनाएको छ ।

कार्यालयको १६६०–२६४६००० टोलफ्री नम्बरमा सम्पर्क गरेर कृषि प्राविधिकसँग सल्लाह लिन सकिने भएको छ । किसानले एउटा टेलिफोन नम्बरबाट १५ मिनेटसम्म निःशुल्क कृषि प्राविधिकसँग समस्या र गुनासा राख्न पाउने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)