Aamsanchar

माओवादीकी मन्त्रीका पीएले मन्त्रालयभित्रै महिला प्रहरीसँग यौन सम्बन्ध राखेपछि…

Author Image
सोमवार, माघ ३, २०७३

काठमाडौं।

Dhanmaya-bk

शिक्षा राज्यमन्त्री धनमाया विक खनालका एक सहयोगीले सचिवालयमै महिला प्रहरीमाथि यौनसम्बन्ध राखेपछि खैलाबैला मच्चिएको छ ।

मन्त्रालयभित्रै भएको यो सम्बन्धको खबर आगोसरी फैलिएको छ । मन्त्रालयभित्रै सुरक्षाकर्मी महिला र आफ्नो सहयोगीको यौन सम्बन्धबारे चर्चा हुन थालेपछि मन्त्री धनमायाले कार्यकक्षमा बोलाएर दुवैलाई सोधपुछ समेत गरेकी छन् ।

मन्त्रीका पीएमाथि यौन हिंसाको आरोप

मन्त्रीका पीएसँग सम्बन्ध राख्ने महिला प्रहरी शिक्षा राज्यमन्त्री धनमाया विक खनालकी अंगरक्षक हुन् । उनसँग मन्त्रीका सहयोगी धनकुटाका माओवादी कार्यकर्ता किरण राईले मन्त्रालयमै यौनसम्बन्ध राखेका थिए ।

तर, बीचमा कुरा नमिलेपछि महिला प्रहरीले मन्त्रीका सहयोगीमाथि यौन हिंसाको आरोप लगाइन् । यता मन्त्री धनमायाले भने आफ्नो सचिवालयमा कार्यरत सहयोगीमाथि महिला प्रहरीले लगाएको यौन हिंसाको आरोप निराधार भएको स्पष्ट पारेकी छन् । सहमतिमा केही नभएपनि पछि असमझदारी बढेपछि महिला प्रहरीले आफ्ना सहयोगीलाई फसाउन खोजेको उनको आारोप छ । यस्तै मन्त्री धनमायाले महिला प्रहरीको व्यवहार ठीक नभएको रिपोर्ट प्रहरी मुख्यालयमा गरिसकेकी छन् ।

मन्त्रीकी अंगरक्षकले नै यौन हिंसामा परेको भन्दै उजुरी गरेपछि यो विषय बाहिर आएको हो । यता महिला प्रहरीले पनि राज्यमन्त्रीको साथ छोडेर अन्तै सरुवा भएकी छन् ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर