Aamsanchar

प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका

Author Image
मङ्गलवार, माघ ४, २०७३

नयाँदिल्ली ।

Manju-Priyanka-810x456

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्न लागेको नेपाली फिल्म ‘पौवा’मा नेपाली मुलकी भारतीय नायिका मञ्जु क्षत्री चयन भएकी छिन् ।

मञ्ज सिक्किम निवासी हुन् । फिल्मका लागि मञ्जुले अडिसन दिनु परेको थियो । अडिसनमा पास भएपछि उनलाई ‘पौवा’मा अनुबन्धित गरिएको समाचारमा उल्लेख छ ।

‘पौवा’का लागि आफू अनुबन्धित भएकोमा खुसी जनाएकी नायिका मञ्जले भनिन्, ‘प्रियंकाको कम्पनीबाट फोन आउँदा खुशी लागेको छ ।’

‘पौवा’का निर्देशक पाखी ए टाएरेवाला हुन् । फिल्मका सहायक निर्माता राज सिटौला हुन् । सो फिल्ममा सिक्किमका अरु पाँच कलाकारले अभिनय गर्ने छन् ।

फेव्रुअरी पहिलो सातादेखि फिल्मका लागि कार्यशाला सुरु हुँदैछ । सन् २००२ मा खसेको पहिरोमा बुवा र दिदीलाई गुमाएपछि उनकी आमाले उनलाई हुर्काएकी थिइन् ।

मञ्जुले सिक्किम मणिपाल विश्वविद्यालयबाट एमबीए ग्र्याजुयट गरेकी छिन् । फिल्ममा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकको कथा रहनेछ । – एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)