Aamsanchar

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

Author Image
बुधवार, माघ ५, २०७३

काठमाडौं।
yama Buddha1

लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ ।

मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् ।

रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए । बेलुकी उनले श्रीमतीसँग बसेर वाइन भने पिएका थिए ।

रिपोर्टमा बंगारा अलिकति सरेको र भाच्चिएको पाइएको पनि जनाइएको छ । बंगारा भाँचिनुलाई सामान्य मानिएको छ । शनिबार बिहान लन्डनस्थित रइसलिपमा उनी बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पारिवारिक सदस्यका अनुसार, रोयल मेलको काम सकेपछि घर आइ खाना खाएर सुतेका यम राती तीनबजेतिर बाथरुम छिरेका थिए । बिहान ६ बजे घरकै अरु सदस्यले ढोका ढकढक गर्दा खुलेन । पछि भित्र जांदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । यसैबीच, यमले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइएको तथ्य पनि खुलेको छ । उनले किन पासपोर्ट च्याते त्यो चाहिं खुलेको छैन् ।

हाल उनको शव नर्थवीक पार्क अस्पतालमा छ । उनका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् । तर कहिले ल्याउने वा नल्याउँने भन्ने बारे आधिकारिक पुष्टी भइसकेको छैन् ।

केही वर्ष यता श्रीमतीसंगै रहेका अधिकारी लन्डनमा भ्यालेन्टाइन कार्यक्रम गर्ने तयारीमा थिए ।उनको नयां एल्बम ‘खतरा’ छिट्टै बजारमा आउंदै थियो । यमको मेरो जुत्तामा, साथी, आउंदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।

उनको निधनले नेपालको र्‍याप संगीतमा अपुरणीय क्षति पुगेको संगीतकर्मीहरुले बताएका छन् । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय यमबुद्धले मित्रता र अन्तरंग सम्बन्धहरुमात्र नभई लगायत लागुपदार्थ दुर्व्यसन, चेलीबेटी बेचबिखन र सडक बालबालिका जस्ता विभिन्न विषयमा गीत गाउने गर्दथे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)