Aamsanchar

आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ७ गते शुक्रबार

Author Image
शुक्रवार, माघ ७, २०७३

आज श्री शाके १९३८, बि.सं. २०७३ साल माघ ७ गते शुक्रबार तदानुसार इश्वी सन् २०१७ जनवरी २० तारीख, गोरखकाली पूजा, माघ कृष्ण अष्टमी तिथी १८:०३ बजे सम्म चन्द्रमा तुला राशीमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे )
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ ब्यापार ब्यवसायमा सामान्य घाटा आईपर्न सक्छ । पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । शारिरीक आलस्ताले सताउन सक्छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ । पती पत्नि बिच मन मुटाब हुन सक्ला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्प्रधामा उत्रन तपाईको समय ले त्यति साथ दिने छैन । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । दिन मध्यम रहला ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पारीबारीक साथसहयोगले मन प्रशन्न रहला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तपाईका रोकिएका कार्यहरु पुनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
गाएन क्षेत्रमा रुचि जाग्ने छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनमा सामान्य चिन्ताले सताउन सक्छ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
धनमालमा क्षति पुग्न सक्छ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिभिन्न आम्दानिका स्रोतहरु फेला पर्ने छन । कार्य कुशलताले गर्दा सबै क्षेत्रमा चर्चा चल्नेछ । कुलकुटुम्बहरुको साथ सहयोले मन प्रशन्न रहला । आकस्मीक धन लाभको योग रहेको छ । हराएका सामान हरु फेला पर्न सक्नेछन । दिन राम्रो रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान्यजनहरुको साथसहयोले कार्य सहज हुनेछ । सामाजिक कार्यमा बिशेष फाईदा हुनेछ । बौधिक ब्यक्तित्व हरु सगँको भेटघाट फाईदा मुलक रहनेछ । सामान्य काममा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
यात्रा मनोरञ्जन पुर्ण रहनेछ । पुराना मित्रहरु सगँको भेटले मनमा उत्साहा जाग्नेछ । नयाँ कार्यको थालनिले तपाईको भाग्योदय हुन सक्ने सम्भाबना रहेको छ । अरुको निम्ति सामान्य खर्च गर्नु पर्ला । पराक्रममा बृद्यि हुनाले कार्य सम्पादनमा सहज हुनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर