Aamsanchar

पहिलो र एक मात्र जेरियाट्रिकस : प्रथम राष्ट्रिय स्वस्थय महोत्सबमा

Author Image
शुक्रवार, माघ ७, २०७३

सुरेश खतिवडा–

“जेरियाट्रिकस ” सुन्दा अनौठो र नौलो लाग्ने तर शव्द भने शब्दकोशमा पुरानै हो। यसको उपयोगिता र महत्वलाई बुझेर ल्याउदा यसको क्षेत्र निकै गहिरो ,फराकिलो अनि जिवनउपयोगि मान्नु पर्दछ। यसको शाव्दिक अर्थको इतिहास हेर्ने हो भने ग्रिक भाषाको दुई शब्द जिरोन र इएटर मिलेर बनेको पाईन्छ । जसको छुट्टा छुट्टै अर्थ ओल्ड मेन वा बुढो मान्छे र हेलर वा जाति वनाउने या ठिक पार्ने भन्ने बुझिन्छ ।

हामी हाम्रो व्यस्त जिवनमा घरमा रहनु हुने बुड्यौलिपनको अवस्थाका आमा बुवा, हजुर बुवा आमाहरुलाई बिरामी वा रोगले आक्रमण गरेको अवस्थामा बिभिन्न रोगका बिषेसज्ञ हरु चहारछौ ,जचँाउछौ, रक्त परिक्षण गराउछौ,एक्सरे,भिडियो एक्सरे ,इ सि जि अनि ईको गराउछौ साथै भारी विल र औषधिको झोला देखाउदै आफुले उपचार गरिदिएको धाक लगाउला तर यहाँ उहाँहरुको बास्तविक उपचार तपाइले गरिदिनु भएको छैन भनेर जेरियाट्रिक मेडिसिन ले भन्ने गर्दछ। यसले वुड्यौलि समयमा दिईने उपचार मा पहिले परामर्स वा काउन्सेलिगं लाई प्राथमिकता मा राखेर आफ्नो उपचार शुरु गर्दछ ।

यस बिधाले उमेरगत बिशेस अध्ययन पस्चात मात्र पहिले शंका लागेको बिशेषज्ञ को रिपोट को अध्ययन गरि औषधि सिफारीस गर्दछ। जेरियाट्रिकस अथवा जेरियाट्रिक मेडिसिन यस्तो बिधा हो जसले उमेर ढल्केका व्यतिहरुमा आइपर्ने समस्याहरुबारे बिशेस ख़्याल गर्दै यसलाई बिग्रन नदिन उपायहरु अवल्मवन गर्न सिकाउदछ ।जेरियाट्रिसियन या जेरियाट्रिक फिजिसियन यस्तो व्यत्ति हो जस्ले वुड्यौलि पन का कारण हुने सम्स्याहरुका बिशय माबिशेसज्ञता हासिल गरेको हुन्छ। यसले बुड्यौलि अवस्थामा हाम्रा आमा हजुरआमाहरु, बुबा हजुरवुबा हरुको अवस्थालाई जटिल मोडमा पुग्नबाट बचाउने गर्दछ।उनिहरुमा देखापर्न सक्ने रोगहरुको भबिस्यबाणी गर्दै सतरकताको पहल गर्दछ।

बिदेस तथा सम्रिद्द रास्ट्र ले आफ्ना ओल्ड एज सिटिजन लाई बिशेष परामर्स र मनोवैज्ञानिक उपचारमा महत्त्वका साथ ठाउ दिएको जेरियाट्रिक फिजिसियन को सेवा नेपालि आमा बुबा हजुरबाहरु र हजुरआमाहरु लाई सधै सजिलै त उपल्वध नहोला तर यस पटक अवसर भनौ मौका भनौ या संयोग मानौ नेपाल मै एक मात्र यस बिसयमा बिसेशज्ञता हासिल गर्नु भएका सीनियर कन्सल्टेनट प्रथम रास्ट्र्ीय स्वास्थ्य महोत्सवको अवसर पारेर पहिलो दिननै पुर्बान्चल बासी हाम्रा बुड्यौलिले छोएका आमा वुवाहरुको थाह पाउन नसकिरहेको रोगको उपचार गर्न आउदै हुनुन्छ। यस भेटले आमा हरुमा आत्मवल बढ्नेछ,बुबाहरुमा आत्मसन्तुश्टि मिल्ने छ! उहाँहरुको प्रयोगसाला बनिरहेको शरिर माथिको गलत औषधि प्रयोग रोकिने छ।

सबैलाई समेट्न नसकिएता पनि यस व्यक्तिगत रुपमा के आव्श्यक छ र के छैन भन्ने निर्कयौल गर्ने छ। जेरियाट्रिक डिपार्टले शरिर शिथिल हुदै गए पस्चात शरिरका अन्य अगंहरु पनि शिथिल हुने गर्दछ त्यसमाथि रोगका लक्षणहरु पनि फरक रुपमा देखा पर्दछन भन्ने कुरालाई आधार बनाउदै सामान्य रुपमा देखापर्ने रबुड्यौलिपनका कारण देखा पर्ने लक्षण हरु छुट्याई उपचार पद्दतिमा सरलता ल्यउदछ साथै स्वास्थकर जिवनयापनमा सहयोग गर्दछ ।

एउटा रोगमा एकै प्रकितिका औसधी सबै उमेर समुहमा उपयुक्त नहुने शारीरिक सिथिलता सगंै मेटाबोलिजम प्रकिया पनि फरक हु्ने कुरामा तर्क गर्दै उमेर बढ्दै जादाँ हुने सम्स्याहरु स्मरण शक्तिमा र्हास, नैरायता,उदासिपन,प्ेसर,सुगर,बाथ,यौन चाहना मा कमि या बढी,उत्सुकता,जिताह प्रवितिका व्यबहारीक गतिविधि जस्ता समस्यहरुलाई केलाउदै निस्कर्स निकाल्ने काम गर्दछ।                                                                                                                                                                     [email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर