Aamsanchar

सेक्स गर्न यो पन्छीले पार गर्यो १३ हजार किलोमिटर यात्रा!

Author Image
शुक्रवार, माघ ७, २०७३

एजेन्सी ।

तपाइले सुन्नु भएको होला कि, पन्छी, नदी र हावाको झोकलाई कुनै पनि सीमाले रोक्न सक्दैन । यहि कुराको प्रमाणित एक चरा गरेको छ । एक सानो परेवा भन्दा पनि सानो सन्डपाइपर नामको पन्छीले एक अनौठो चाहाना पुरा गर्नका लागि हजारौं किलोमिटर दुरी पार गरेको छ । यो सुनेर जोकोही हैरान हुन सक्छ ।

त्यो चराले आफ्नो यौन इच्छा पुरा गर्नका लागि १३ हजार किलोमिटर दुरी पार गरेको हो । दुरी पार गर्नका लागि पन्छीले उत्तरी अलास्काको विभिन्न २४ प्रजनन स्थानमा गएको थियो । वैज्ञानकको एक टीमले नेचर नामक पत्रिकामा लेखेका छनकी ‘व्यवहारमा यस्तो पहिलो पटक देखिएको छ ।’

जहाँ यस प्रजातीका बाँकी पन्छीले यो मौसममा औसतमा ३ हजार किलोमीटरको दुरी पार गरेका छन् । तर, यो एक पन्छीले भने एक मौसममा १३ हजार किलोमिटर पार गरेर सबैलाई अचम्मित बनाएको छ ।

यो पन्छीको प्रजनन् मौसम ४ देखि ६ हप्ताको हुन्छ । २१ सेन्टिमिटर लम्बाई र १०० ग्राम वजन भएपनि यो पन्क्षीले दक्षिणी अमेरिकाबाट अलास्कासम्मको दुरी पार गरेको थियो । यस पटक सबैभन्दा सफल नरपक्षीले अलग–अलग पोथी पन्छीसंग सम्बन्ध राखेर २२ बच्चालाई जन्म दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर