Aamsanchar

१० लाख डकैती गरेर भागेको १३ वर्षपछि पक्राउ

Author Image
शुक्रवार, माघ ७, २०७३

झापा :

डकैती गरेर १३ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले झापाबाट पक्राउ गरी कारागार चलान गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यरोको प्रहरी टोलीले झापा तोपगाछिका दुरेन राईलाई १३ वर्ष पुरानो मुद्दामा पक्राउ गरी कारागार पठाएको हो।

राईले २०६० असोज ५ गते ललितपुरमा रहेको फास्ट इन्टरनेशनल प्रालिको कार्यालयमा दुर्गाबहादुर लिम्बुलाई पेस्तोल देखाई धम्की दिई १० लाख ६६ हजार ७५ रुपैयाँ डकैती गरेका थिए।

उनलाई २०७० फागुन १ गते ललितपुर जिल्ला अदालतले छ वर्ष कैद र १६ लाख १७ हजार एक सय १२ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर